गरिब तथा मजदुरको साथि
रिल लाईफमा हिरो बनेर निकै नै चर्चा कमाएका बिराटनगरका सलिम अन्सारी अहिले रियल लाईफमा समेत बिभिन्न सामाजिक कार्य गरेर चर्चा बटुलिरहेका छन् ।बिश्वब्यापी रुपमा नै कोभिड १९ अर्थात कोरोना भाईरसले माहामारी मच्चाई रहेको । २ महिनाभन्दा अधिक समयदेखी नेपालमा समेत लकडाउन चलिरहेको छ। मानिसहरु आ-आफ्नो घरमा बसेर सरकारलाई कोरोना भाईरस नियन्त्रण गर्न सहयोग गरिरहेका छन्। नेपालमा अधिकांश मानिसहरु ज्याला मजदुरी गरेर खाने गरेका छन् तर २ महिनादेखि सबै उधोग तथा ब्यपार बन्द भएको कारणले दैनिक मजदुरी गरेर खाने घरपरिवारलाई हातमुख जोड्न निकै नै समस्या परिरहेको छ।
समस्यामा परेका मजदुर किसानहरुको मसिहा बनेर प्रस्तुत भएका छन् बिराटनगरका युवा सामाजिक अभियन्ता तथा चलचित्रका नायक सलिम अन्सारी। सलिम अन्सारिको नेतृत्वमा अहिले दैनिकी १००० भन्दाबढी ब्यक्तिहरुले दुई छाक खाना खान पाएका छन्।सलिमले ज्याला मजदुरी गरेर खाने हजारौ ब्यक्तिहरुलाई खाना खुवाउनुका साथै विभिन्न स्थानमा गएर राहत समेत बितरण गरेका छन् ।
सलिम दिनभरी रोजा बस्छन्। अन्नको एक दाना समेत दिनभरी खादैनन तर उनी गरिब मजदुरलाई भोकै देख्न सक्दैनन्। केही दिन अगाडि राहत बितरणकै कार्यले उनी मोरङको क्षेत्र न-५ जहदा गाउँपालिका वडा न-३ पुगेका थिए। वडा न-३ जयरामपुरमा साईकलको सानो दोकान अर्थात साईकलको पन्चर टालेर आफ्नो र परिवारको जीवन यापन गरिरहेका पर्शुराम यादब जसले यो कलडाउनको समयमा १५ दिनदेखी कल बिग्रेर अरुको कलबाट पानी खादै थिए तर छिमेकिहरुले समेत कोरोनाको महामारिको बेला आफ्नो घरमा नआउन भनेपछी पर्शुरामलाई पानी खाने समस्याले सताईरहेका थिए। उनले तत्कालै युवा सामाजिक अभियन्ता तथा कलाकार सलिम अन्सारिलाई सम्झिए एक घन्टा नबित्दै सलिमले पर्शुरामको घरमा आफू स्यम गएर कल गाडिदिए। अहिले पर्शुराम निकै खुशी छन् आफ्नै कलमा पानी खान पाएका छन् ।
सलिम भन्छन रिल लाईफको हिरो भन्दा पनि यसरी रियल लाईफमा गरिब असाहाय तथा मजदुरहरुको दुखमा मलम लगाउने अवसर पाएको छु। मैले सकेको सहयोग म सदैब गर्ने छु। मेरो यो अन्तिम सास रहुन्जेलसम्म म समाजकोलागी लडिरहने छु सलिमले हिपमत डटकमसंगको कुराकानिमा भने। अहिले म दिनरात राहत वितरण तथा खाना खुवाउने अभियान मै छु। सलिमले हिन्दि तथा भोजपुरी चलचित्रहरुमा आफ्नो अभिनयका कारण लाखौ मानिसहरुको मनमा आफ्नो स्थान समेत बनाएका छन्।