मेन मिडियाको प्रस्तुतीमा गायक विनोद वानियाको आवाजमा सन्देशमुलक गित ‘जित्छौ हामी’को भिडियो युट्युब मार्फत सार्वजनिक भएको छ ।
गितको भिडियो मार्फत नेपालका चर्चित राजनितिज्ञ , कलाकार, खेलाडीहरुले नेपालीसंग जितको लामो इतिहास रहेको भन्दै सकसपूर्ण दिनलाई जित्न सक्छौं भन्ने सन्देश दिएका छन्।
भिडियोमा पूर्व प्रधामन्त्री बाबुराम भट्टराई,गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ,गायिका तथा सांसद कोमल वली ,नेपाली फुटवल टिमका पूर्व कप्तान अनिल गुरुङ, रंगकर्मी अनुप बराल , नायक राजबल्लभ कोइराला , नायिकाद्धय दिया मास्के ,सिपोरा गुरुङ ,महिला फुटबल खेलाडी सावित्रा भण्डारी ,कलाकार प्रकाश घिमिरे , माओत्से गुरुङ, निराजन प्रधान लगायत चर्चित व्यक्तित्वहरुलाई फिचर गरिएको छ ।
गितलाई सञ्चारकर्मी सन्जोक बस्यालले लेखेका हुन् । । श्यामसुङ तामाङले एरेन्ज गरेका गितमा संगित गायक बाँनिया कै रहेको छ । भिडियोलाई विनोद पोखरेल , श्रीधर पौडेल ,मिलन शंकर , सविन गायक , कमल प्रसाई र विवेक बस्यालले खिचेका हुन् । । ड्रोन छायांकन कमल प्रसाई र सुरज श्रेष्ठको छ । सम्पादन शाहिल खान र विज्ञान राईले गरेका हुन् ।
भिडियोलाई सन्जोक र विजय बस्यालले निर्देशन गरेका हुन्

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!