लकडाउन भएपछि मानिसहरु घरभित्रै भएपछि बाहिरी खुल्ला क्षेत्रमा जंगली जनावर स्वतन्त्र घुम्न थालेका छन् । भारतको गुजरातमा यस्तै रोचक घट-ना भएको छ । एम्बुलेन्समा ग-र्भवती महिलालाई लिएर हिँडेको एम्बुलेन्सलाई आधा रातमा बाघहरुले घेरेपछि महिलाले एम्बुलेन्समै बच्चालाई जन्म दिएकी छिन् । बाघहरु हटेपछि मात्र महिलालाई अस्पताल पुर्याउन सकिएको थियो । २० मेको रात करिब १० बजे समयमाभाखा गाउँकी अफसाना सबरिश रफिकलाई अचानक व्यथा लाग्यो । महिलाले पी-डाले बेहाल थिइन् । परिवारले उनको नाजुक अवस्था देखेर तत्कालै एम्बुलेन्सलाई फोन गरे । एम्बुलेन्स आएर महिलालाई लिएर अस्पतालतिर हिँड्यो । तर, बाटोमा ४ वटा बाघहरुले एम्बुलेन्सको बाटो रोके । बाघहरुलाई बाटोबाट हटाउन हिम्मत गर्न सकेनन् । बाघहरु झुण्डमा थिए र रातको समय भएकोले सबै डराएका थिए । महिलाको हालत बिग्रिँदै थियो । अन्ततः एम्बुलेन्समा रहेका अपतालका प्राथमिक उपचार कर्मचारीले नै महिलालाई सुत्केरी गराए । महिलाले छोरी जन्माइन् । यो घटनाक्रममा क्रममा चारवटै बाघहरु गाडी वरिपरि घुमिरहे ।केहि समयमा बच्ची जन्मिएपछि बल्ल बाघहरुले बाटो छोडे अनि महिलालाई अस्पताल पुर्याइयो । महिला र बालिकाको स्वस्थ्य अवस्था रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!