नेपालमा कोरोना भाइरसको संक्रमित संख्या ४०२ पुगेको छ । जेठ महिनाको छ दिनमै संख्या दोब्बरले वृद्धि भएको छ । यो बीच दुईजना मृतकमा कोरोना संक्रमण पत्ता लागेको छ । पछिल्लो पटक संक्रमित भएकामा कोरोना भाइरसको टेष्टका लागि नमुना संकलनका लागि पुगेका डाक्टर पनि छन् । उनी सरुवा रोग अस्पतालबाट काजमा खटिएका ललितपुर घर भएका हुन् ।

यसअघि नेपाली सेनाका दुईजनालाई महोत्तरीमा संक्रमण पत्ता लागेको थियो । प्रहरी र सशस्त्र प्रहरीमा कार्यरतहरु पनि संक्रमित भइसकेका छन् । राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी पनि संक्रमित भेटिएका छन् । विभाग देशको खुफिया संस्था हो । फिल्डमा खटिएका पत्रकारहरु पनि संक्रमित भएका छन् । पर्सा, बारा र धनुषामा पत्रकार संक्रमित भएका हुन् । नेपालमा विभिन्न पेशा तथा क्षेत्रका मानिसमा धमाधम संक्रमण देखिनथालेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!