मंगलबार, जेठ ०६, २०७७ || 817  पटक पढिएको

ईलाम देउमाई-६ शान्तीडाँडा बस्ने २५ बर्षीया शुष्मा राई आफ्नै बुबाको हत्या आरोपमा पक्राउ परेकी छिन । हिजो बेलुका ०८ बजे खाना खाएर घरमा बुबासंग गफ गरेर बसिरहेको अवस्थामा एक्कासी घरायसी बिषयमा बादबिवाद हुनथालेपछी राती ११ बजे शुष्माले बुबा ५१ बर्षीय फुल बहादुर राईलाई बन्चरोले टाउँकोमा प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

फुलबहादुर आफ्नै घर भित्र मृत अवस्थामा फेला परेको भनि आफन्तले आज बिहान ०६ बजे ईलाका प्रहरी कार्यालय मंगलवारेमा खबर गरेका थिए । घटनाको जानकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालय ईलामबाट समेत घटना स्थलमा खटिएको प्रहरी टोलीले मृतक राईको हत्या भएको पुष्ठी गरे संगै हत्यामा संलग्न शुष्मा राईलाई जंगलमा लुकिछिपि बसेको अवस्थामा घटनामा प्रयोग भएको बन्चरो सहित पक्राउ गरेको हो ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!