शुक्रबार, पौष ११, २०७६ || 853  पटक पढिएको

 

हिपमत डटकम
बिराटनगर, पौष ११ :गायक तथा सँगीतकार हरि योञ्जनको नयाँ गीत लफंगीले युटुबमा दश लाख बढि दर्शक पाएका छन । विभिन्न समसमायिक र देशप्रेमका शब्दहरु समेटिएको गीतले सार्वजनिक गरिएको केहि दिनमा नै १० लाख दर्शकको आँकडा पार गरेको हो । ब्याटल शैलीमा गाइएको गीतमा योञ्जनलाई गायिका प्रिती आलेले साथ दिएकी छिन । गीतको लोकप्रियता छोटा समयमा नै उचाईमा पुगेका र देश विदेशबाट विभिन्न सकरात्मक प्रतिक्रियाहरु आइरहेको गायक तथा सँगीतकार योञ्जनको भनाई छ । उनले गीतको शब्द र प्रस्तुति दर्शक श्रोताको रोजाईमा परेको बताए ।
यसअघि सिमरन, छुलागं गाँऊ, हेलो मञ्जरीजस्ता युवापुस्तामाझ चर्चित गीतहरु गाइसकेका योञ्जनको छोटो समयमै भाइरल बनेको यो गीत नै पहिलो हो । यसबाट सँगीतमा थप नयाँ नयाँ प्रयोग गर्ने उर्जा थपिएको उनको भनाई छ ।
लफंगी को भिडियो नारायणी किनारमा खिचिएको हो । भिडियालाई शिवराम श्रेष्ठले खिचेका हुन भने समन अधिकारीले निर्देशन गरेका हुन । भिडियोमा स्वयम गायक हरि योञ्जन र प्रिती आले मुख्य भुमिकामा छन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!