हिपमत डटकम
लमजुङ,पौष ११ : लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिका वडा नं. ६ मा माटोको ढिस्कोमा ६ जना पुरिए । नमुना टोलमा स्थानिय बामदेब गौलिको घरको रिटेनिङ वालको काम गर्ने बेला माटोको ढिस्कोले पुरिएका ६ जन मध्ये एक जनाको ज्यान समेत गयो । पुरिएर मृत्यू हुनेमा चितवनका संगम चेपाङ भएको थाहा हुन आएको छ ।
घाईते भएका अन्य ५ जनाको अस्पतालमा उपचार भैरहेको छ र र्घाइते मध्ये एक जनाको अवस्था गम्भीर भएकाले चितवन मेडिकल कलेज पठाईएको छ भने अरुको स्थानीय अस्पतालमा उपचार भईरहेको छ ।
घटनामा परेर घाईते हुनेहरुमा लालबहादुर तामाङ (लमजुङ ),दिपक चेपाङ ,बिष्णु चेपाङ,सुरेस चेपाङ ( चितवन ) र छविलाल मगर (सल्यान) रहेका छन् । एक ठेकेदारको सम्पर्कबाट उनीहरु दैनिक ज्यालामा काम गर्न आएका थिए । पहिले घर बनाउँदा राखिएको पुरुवा माटो भएको र वाल लगाउनेक्रममा माथीलो भाग झर्न गई काम गर्दै गरेका ६ जना नै पूर्ण रुपमा पुरीएका थिए । स्थानीय, नेपाल प्रहरी, शशस्त्र प्रहरी र एक्जाभेटरको सहायताले पुरिएकाहरुको उद्दार गरिएको थियो । हेर्नुहोस् यो स्थलगत रिपोर्ट ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!