अमेरिकाको मिचिगन राज्यले लकडाउनमा परेका जोडीलाई सित्तैमा कण्डम डेलिभरी गर्ने योजना ल्याएकोसमाचारमा जनाइएको छ । कोरोना महामारीका दौरान आफ्नो राज्यका नागरिकलाई गर्भ रोकथाममा सहयोग गर्न र सरुवा यौनरोगबाट बचाउन स्वास्थ विभागले यस्तो योजना ल्याएको हो । ‘यो स्वास्थ संकटका बेला हाम्रो समुदायलाई नचाहेको गर्भ रहन, सरुवा यौन रोग र एचआइभीबाट जोगाउनका लागि निरन्तर सहयोग गर्नुलाई हामीले अति महत्वका साथ लिएका छौं,’ मिचिगन स्वास्थ विभाग तथा मानव सेवाकी प्रवक्ता लायन सुत्फिनले एमलाईभ डटकमसँग भनेकी छिन् । सुत्फिनका अनुसार मिचिगनवासीहरुले इमेल ठेगाना मार्फत कण्डमको अर्डर गर्नसक्छन् । कण्डमका प्याकेजहरु अलग–अलग राखिएको हुन्छ र यो सुरक्षित हुन्छ । सुफिनका अनुसार प्रत्येक प्याकेजमा १० वटा कण्डम र लुब्रिकेशनको १० प्याकेट हुन्छ । इमेलमार्फत अनुरोध गरेपछि सम्बन्धि व्यक्तिको हातमै प्याकेज पु-याइन्छ । स्वास्थ्य विभागले यसअघि विभिन्न स्वास्थ संस्थामार्फत निशुल्क कण्डम उपलब्ध गराउने गरेको थियो । तर लकडाउनका कारण घरबाहिर स्थानीयहरु निस्कन नपाएको अवस्थामा यस्तो योजना ल्याइएको हो । मिचिगनमा भर्खरै मात्र घरमै बस्न दिइएको निर्देशनको विरोधमा प्रदर्शन भएको थियो । हतियारसहितका प्रदर्शनकारीले गत बिहीबार मिचिगन स्टेट हाउसअगाडि लकडाउन खोल्न माग गर्दै विरोध प्रदर्शन गरेका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!