खबर ठुलो छ

संसारको अर्को एउटा शक्तिसम्पन्न राष्ट्रलाई कोरोनाभाइरसले नराम्रोसँग गाँजेको छ । संसारका तीन शक्तिशाली राष्ट्र कोरोनाभाइरसको चपेटमा पालैपालो आए । चीनबाट कोरोनाभाइरसको संक्रमणको सुरुवात भयो र अमेरिकामा ८३ हजार भन्दा बढीको ज्यान लिइसकेको छ । अब रुस यसको भयानक संक्रमणमा आएको छ ।कोरोनाभाइरसका कारण चीनको अन्तर्राष्ट्रिय छवि नराम्रोसँग प्रभावित भएको छ र अमेरिकामा पछिल्लो एक महिनादेखि सयौं शव चिहान पुगिरहेका छन् ।रुसमा पहिलो पटक मार्चमा संक्रमण देखिएको थियो, अब यहाँ संक्रमण तीब्र रुपमा बढिरहेको छ । संक्रमण दरको हिसाबले रुस तेस्रो स्थानमा छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले झैं रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पनि कोरोनाको गम्भीरतालाई कम ठानेको बताइन्छ । मार्च १८ तारिखमा राष्ट्रपति पुटिनले स्थिती पूणै रुपमा नियन्त्रणमा भएको बताएका थिए । पुटिनले रुस यो मामलामा अन्य देशको तुलनामा निकै राम्रो स्थितीमा भएको पनि उनले बताएका थिए । त्यसलगत्तै त्यहाँ कोरोनाभाइरसको मामला लगातार बढ्दै गयो । रुसमा कोरोना संक्रमितको कूल संख्या २ लाख ३२ हजारभन्दा माथि पुगेको छ ।

रुसको आँकडामा उठिरहेको छ प्रश्नः

संक्रमितको संख्या दुई लाख माथि पुगेपनि यहाँ अन्य देशको तुलनामा मृतकको संख्या निकै कम छ । धेरै मानिसहरुले यसमा शंका व्यक्त गरिरहेका छन् । रुसको आधिकारिक आँकडाका अनुसार हालसम्म दुई हजार १ सय १६ जनाको मृत्यु भएको छ जबकी बेलायतमा हालसम्म ३२ हजार बढीको मृत्यु भइसकेको छ । रुसमा मृतकको कम संख्या हुनुको पछाडि त्यहाँको गणनालाई दोष दिइएको छ । अमेरिकामा यदि कुनै व्यक्तिमा कोरोना पोजेटिभ व्यक्तिको मृत्यु हुन्छ भने त्यसलाई कोरोनाभाइरसका कारण भएको मृत्युको श्रेणीमा राखिन्छ । यता रुसमा भने कोरोना पोजेटिभ पाइएका संक्रमितको मृत्यु हुने सबैलाई यो श्रेणीमा नराखिएको बताइएको छ । यद्यपि, मस्को टाइम्ससँगको कुराकानीमा अधिकारीले यस्तो आरोप खारेज गरेको छ ।

स्रोतः बीबीसी

बुधबार, बैशाख ३१, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया