बिहिबार, बैशाख २५, २०७७ || 721  पटक पढिएको

बेलायतः अर्को हप्तादेखि लकडाउनमा छुट

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आइतबारदेखि लकडाउनमा छुट दिने आफ्नो योजनामा काम गर्ने जानकारी दिएका छन् । उनले अबका दिनमा नयाँ मापदण्ड अपनाउन सकिने बताएका छन् । कोरोना संक्रमणबाट निको भएपछि बोरिस जोनसनले पहिलो पटकको संसद सम्बोधनमा यस्तो जानकारी दिएका हुन् । उनले भने, ‘हरेक एक व्यक्तिको मृत्यु त्रासदीपूर्ण छ ।’ उनले संक्रमितको संख्यालाई ‘भयावह’ बताएका छन् ।

स्पेनः अचानक लकडाउन समाप्त गुर्न माफी योग्य हुनेछैन

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आठ हप्तादेखि चलिरहेको लकडाउनलाई अचानक समाप्त गर्नु माफी योग्य नहुने बताएका छन् । उनले संसदसँग लकडाउन बढाउन माग गरेका छन् । विपक्षी दल लगातार उनको यो मागलाई खारेज गर्दै आएको छ ।

चीनले अमेरिकी दाबीलाई खारेज गर्योः

कोभिड–१९ कहाँबाट सुरु भयो भन्ने विषयको अनुसन्धानका लागि चीनले अन्तर्राष्ट्रिय विशेषज्ञलाई आमन्त्रित नगर्ने भएको छ । अमेरिकाका लागि चिनियाँ राजदूतले यो कुरा बताएका छन् । यो बयानका साथै चीन र अमेरिकाबीचको कूटनीतिक दाउपेचको सिलसिला लगातार जारी छ । चीनका विदेशमन्त्रीले अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले कोरोनाभाइरस चीनको प्रयोगशालामा बनेको भन्ने दाबी पूर्ण रुपमा गलत भएको बताएका छन् ।

स्विडेनमा मृतकको संख्या ३ हजार नजिकः

स्विडेनका महामारी विशेषज्ञ एन्डर्स टेगनेलले आफ्नो देशमा मृतकको संख्या तीन हजार नजिक पुग्नै लागेको भन्दै स्थिती भयावह भएको बताएका छन् । सार्वजनिक स्वास्थ्य एजेन्सीको रिपोर्ट अनुसार स्विडेनमा संक्रमितको संख्या २३ हजार ९ सय १८ हो र मृतकको संख्या २ हजार ९ सय ४१ पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ८७ बढी हो । स्विडेनले लकडाउनको कडा नियम अपनाएको छैन । त्यहाँ थुप्रै व्यवसाय खुलेका छन् र मानिसहरुलाई सामाजिक दुरीको नियम पालना गर्न भनिएको छ ।

इरानमा एक लाख संक्रमितः

इरानमा १६ सय ८० नयाँ संक्रमितका साथै यहाँ संक्रमितको कूल संख्या एक लाख पार भएको छ । ११ अप्रिलपछि यो एक दिनमा देखिएको सबैभन्दा ठूलो वृद्धि हो । संक्रमणलाई नियन्त्रण गर्ने दिशामा पाइएको सफलतापछि अब पछिल्लो चार दिनमा यो उल्टो दिशामा गइरहेको देखिएको छ । यी चार दिनमा लगातार नयाँ संक्रमितको संख्यामा वृद्धि भएको छ ।

संसारभरी ९० हजार बढी स्वास्थ्यकर्मी संक्रमितः

इन्टरनेशनल काउन्सिल अफ नर्सेजका अनुसार संसारभरी कम्तीमा ९० हजार स्वास्थ्यकर्मी संक्रमित भइसकेको बताएपनि यसको वास्तविक संख्या योभन्दा दोब्बर हुनसक्ने बताइएको छ ।

२ सय ६० बढी नर्सको मृत्यु भइसकेको छ । स्वास्थ्यकर्मीका लागि पिपिआईको कमीको लगातार रिपोर्ट सार्वजनिक भइरहेका छन् ।

स्रोतः बीबीसी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!