मंगलबार, पौष ०८, २०७६ || 1348  पटक पढिएको

हिपमत डटकम
ईटहरी,पौष ८ गते। पूजा शर्मा र आकाश श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘सम्झना विर्सना’को छायांकन भर्खर सकिएको छ । उक्त चलचित्रमा पूजा र आकाश पाको उमेरमा देखिएका छन् । समयको अन्तराल देखाउने क्रममा चलचित्रमा उनीहरूलाई यो रुप दिइएको हो ।
निमेष प्रधानको निर्देशन, आदित्य प्रधान र रेविका प्रधानको निर्माण रहेको चलचित्रमा आकाश र पूजा सँगै शिशिर राणा र छुल्ठिम गुरुङको पनि मुख्य भूमिका रहेको छ । अब चलचित्रको गीतको छायांकन बाँकी रहेको बताइएको छ ।

भर्खरै पूजा अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को ‘तिम्राे घरकाे वरिपरि’ बाेलकाे गीत सार्वजनिक भएको छ । सोनम तोप्देन र अस्मिता अधिकारीको स्वरमा रहेको उक्त गीत निकै रुचाइएको पनि छ । उक्त गीतलाई दश दिनमा २८ लाख भन्दा बढी पटक हेरिसकिएको छ ।
पल शाह र पूजा जोडीको रुपमा देखिएको गीतमा नृत्य निर्देशन रामजी लामिछानेले गरेका हुन् । चलचित्रमा पनि पल र पूजा नै मुख्य भूमिकामा देखिँदै छन् । सुदर्शन थापाको कथा तथा निर्देशन रहेको चलचित्रलाई सुदर्शन र पूजाले नै निर्माण गरेका हुन् । चलचित्र फागुन २३ देखि प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!