आइतबार, बैशाख २१, २०७७ || 672  पटक पढिएको

नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जनाएका छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६० पुगेको छ

उनको शुक्रबार स्वाब संकलन गरिएको थियो । उनी स्वयंले शंका लागेपछि पीसीआर परीक्षण गराइदिन वडा अध्यक्ष बैजुलाल स्वर्णकारलाई आग्रह गरेका थिए ।

संक्रमण पुष्टि भएपछि उनलाई नारायणी अस्पताल ल्याइएको डा. उदयनारायण सिंहले जानकारी दिए ।

संक्रमितका बुवाले उनी लकडाउनको समयदेखि नै घरमै रहँदै आएको बताएका छन् । रोजा बस्ने र नमाज घरमै पढ्ने गरेको उनको भनाइ छ ।

‘रुघाखोकी लागेको बेलामा गएर जाँच गराइदियो, त्यसैले संक्रमण देखाएको हुन सक्छ’ उनले भने ‘बाहिर कुनै समान किन्न पसल जानेबाहेक बाहिर अन्यत्र कतै गएको छैन । लकडाउनले गर्दा जुमा नमाज समेत घरमै पढिन्छ ।’

उनको परिवारमा १७ जना सदस्य छन् । स्थानीय प्रशासनले परिवारका सदस्यलाई घर बाहिर ननिस्कन आग्रह गरेको छ । तीन जना जमातीमा संक्रमण भेटिएपछि सिल गरिएको छपकैयाँ क्षेत्र शनिबार मात्रै खोलिएको थियो । अनलाइनखबर

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!