यतिबेला बिदेशी रियालिटी शोहरुमा नेपालिहरुको सहभागीता र चर्चा निक्कै हुन थालेको छ । पछिल्लो समय अमेरिकन आईडलमा पुगेर विश्व चर्चामा रहेका दिवेश पोख्रेल यतिबेला भोटको आवस्यकतामा छन् । अमेरिकन आईडलमा नेपाली मुलबाट सहभागी हुने उनी पहिलो नेपाली हुन् । पहिलो पटक नेपालीमुलका उनि अमेरिकन आईडलमा सहभागी भएर ईतिहास रच्न पुगेका दिवेशलाई नेपालबाट भने भोट गर्न नमिलेर उनका फ्यान तथा सुभचिन्तकहरु निराश बनेका छन् । तर अर्को बाटो प्रयोग गर्दै भने उनलाई नेपालबाटै पनि भोट गर्न सकिने छ ।

अमेरिकन आईडलको वेबसाईट तथा एपबाट सिधै भोट गर्न खोज्दा नेपाललाई भोटको लागि आधिकारिकता दिइएको छैन । तर उनलाई नेपालबाट भोट गर्न भिपिएन प्रयोग गर्नुपर्ने हुन्छ । त्यसको लागि एन्ड्रोईड फोन प्रयोगकर्ताहरुले आफ्नो मोबाईलमा रहेको प्ले स्टोरमा गएर “Turbo VPN” एप डाउनलोड गर्नुपर्ने हुन्छ । जुन आफ्नो मोबाईलमा इन्स्टल गरेपछी ओपन गरेर “United State” छनौट गर्ने । त्यसपछिको प्रक्रियामा तपाईले अमेरिकन आईडलको आधिकारिक वेबसाईट https://idolvote.abc.com/ मा जानुपर्ने हुन्छ । हेर्नुस तरिका सहितको भिडियो

जहाँ नेपालबाट पनि भोटगर्न मिल्ने भएको देख्न सकिन्छ । र, तपाईले आफ्नो पूरा नाम र ईमेल ठेगाना राखेर एकाउन्ट बनाउनु पर्नेहुन्छ । एकाउन्ट ओपन गर्नेक्रममा तपाईले राखेको ईमेलमा ६ ओटा नम्बर आउने छ । सो नम्बर राख्दै तपाईले एकाउन्ट पूरा गर्न सक्नुहुन्छ । त्यसपश्चात् तपाईले दिवेशको फोटोको तल राखिएको प्लस (+) मा क्लिक गरेर एकपटकमा १० भोट सम्म गर्न सक्नुहुनेछ । यस्तै तरिकाले तपाईं ios/apple प्रयोगकर्ताले पनि दिबेशलाई नेपालबाटै भोट गर्न सक्नुहुन्छ । जसको लागि माथी भनिएकै भिपिएन मोबाईलमा ईन्स्टल गरेर सोही प्रक्रिया गर्न सकिने छ ।

दिवेशले केहि समय अघि सामाजिक संजाल फेसबुकमा भिडियाे सन्देश मार्फत आफूलाई समर्थन गरेकाेमा धन्यबाद दिदै, अप्रिल २६ बाट सुरू हुने भाेटिङकामा आफूलाई अत्याधिक भाेट गरेर विजयी गराउन अनुराेध गरेका थिए । अमेरिकाबाट भोट गर्नका लागी भने सबै भन्दा पहिला अमेरिकन आइडलमा आफ्नो नाम दर्ता गराउनु पर्ने बताउदै एप्स या कुनै तरीकाले दर्ता गराउनु पर्ने बताएका छन् । एक व्यक्तिले ३० पटक सम्म मत हाल्न सक्नेछ । ३ तरिकाले मतदान गर्न पाइनेछ । दिवेशलाई मतदान गर्दा टेक्सबक्समा १६ लेखि २१५२३ संख्यामा पठाउनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!