शनिबार, बैशाख १३, २०७७ || 1098  पटक पढिएको

काठमाडौँ उपत्यकामा रहेका सोलुखुम्बुका १५४ जनाको उद्धार गरिएको छ । विभिन्न स्थानीय तहका ती नागरिकलाई उद्धार गरी शुक्रबार गाउँ पु¥याइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी महेन्द्र दर्नालले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरु माप्यदूधकोशी, सोताङ, थुलुङदूधकोशी र खुम्बु पासाङ ल्हामु गाउँपालिका रहेका छन् । यस्तै, यहाँको थुलुङ दूधकोशी गाउँपालिकाले ३०० नागरिकलाई उपत्यकाबाट उद्धार गरेको छ । विभिन्न पेशा व्यवसायका लागि काठमाडौँमा बसेका तर लकडाउनका कारण समस्यामा परेका उनीहरुलाई पहिलो चरणमा गाउँसम्म ल्याउने काम गरेको गाउँपालिकाले जनाएको छ । शुक्रबार साँझ १० वटा मिनीबसमार्फत उनीहरुलाई गाउँ ल्याएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो । “समस्यामा परेका नागरिकलाई उद्धार गर्न म आफँै काठमाडाँै गएको थिएँ ।” उहाँले टेलिफोनमा भन्नुभयो, “पहिलो चरणमा वडा नं ९, ८, २ र ६ का केही नागरिकको उद्धार गर्दैछौँ, यो स्थानीय सरकारको दायित्व हो ।” गाउँकार्यपालिका बैठकले स्थानीय तह र सङ्घीय सरकारको नियमलाई पूर्णरुपमा पालना गर्ने सर्तमा गाउँ ल्याउने निर्णय गरेको थियो । गाउँपालिका फर्कनेले १४ दिनको अनिवार्य होम क्वारेन्टाइनमा बस्नुपर्ने यदि नबसेको खण्डमा नियमअनुसार कारवाही गर्ने जनाएको छ । गाउँपालिका अध्यक्ष आफँै काठमाडाँैमा गएर उद्धार गरेको सोलुखुम्बुको लागि पहिलो हो । यस गाउँपालिकामा हालसम्म एक हजारभन्दा बढी नागरिकले उद्धारका लागि निवेदन दिएका छन् भने सयौँको सङ्ख्यामा राहत माग गरेको अध्यक्ष राईले जानकारी दिनुभयो । यहाँको महाँकुलुङ गाउँपालिकाले शनिबार काठमाडौँबाट समस्यामा परेकालाई उद्धार गर्ने भएको छ । गाउँकार्यपालिकाको बिहीबार बसेको आकस्मिक बैठकले शनिबारदेखि उद्धार कार्य शुरु गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष सागर किराँतीले जानकारी दिनुभयो । पहिलो दिन चार वटा बसमार्फत १२० जनाको उद्धार गरी गाउँपालिका ल्याउने उहाँको भनाइ छ । प्रत्येक गाडीमा सेनिटाइजर, सबै यात्रुलाई सर्जिकल मास्क, हातमा लगाउने ग्लोप्सलगायतका सुरक्षा सामग्री गाउँपालिकाले व्यवस्थापन गर्ने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरि आर्चयले जानकारी दिनुभयो । उनीहरुलाई काठमाडौँमा पनि स्वास्थ्य जाँच गरेर ल्याइने छ भने गाउँपालिका प्रवेश गर्दा पनि अनिवार्य रुपमा स्वास्थ्य जाँच गराइनेछ । साथै उद्धार गरिएका व्यक्ति २१ दिनमा सुरक्षित होम क्वारेन्टाइनमा बस्नुपर्ने र सो समयसम्म सात पटक प्रत्येक तीन÷तीन दिनको फरकमा स्वास्थ्य जाँच गराउनुपर्र्नेे सर्त राखिएको छ । उद्धार गरिने सम्पूर्ण नागरिकको गाडी भाडालगायतका व्यवस्थापन गाउँपालिकाले गर्नेछ भने काठमाडौँ घर भएका तथा कर्मचारीहरु गाउँ फर्कन चाहेमा गाउँपालिकाले आवश्यक समन्वय मात्र गर्ने बताइएको छ । गाउँपालिका अध्यक्ष किराँतीका अनुसार सामाजिक सञ्जाल, टेलिफोन तथा अन्य माध्यमबाट कर्मचारी र काठमाडौँमा घर भएका बाहेकका दुई हजार १८२ जना व्यक्ति गाउँ फर्कन चाहेका छन् । जिल्लाको लिखुपिके गाउँपालिकाले ८४ जना मजदुर तथा विद्यार्थीको उद्धार गरेको छ । गाउँपालिकाले वडाले तोकेको क्वारेन्टाइनमा दुई हप्ता बस्ने सर्तमा आफ्ना नागरिकको उद्धार गरेको गाउँपालिका प्रमुख डम्बरबहादुर बस्नेतले जानकारी दिनुभयो । वडा नं ५ का ५० जना नागरिकलाई भने गाउँपालिका तथा वडाले तोकेको क्वारेन्टाइनमा बस्ने सर्तमा आइतबार उद्धार गर्ने तयारी भएको उहाँले बताउनुभयो छ । यस्तै नेचासल्यान गाउपालिकाले विभिन्न पेशा व्यवसाय तथा कामको सिलसिलामा गाउँपालिका बाहिर रहेका नागरिकको उद्धार गर्नुपर्ने नागरिकको विवरण तयार पारेको छ । नेचा सल्यानबाट राजधानीमा अध्ययनको सिलसिलामा रहेका विद्यार्थी, उपचारका लागि गएका बिरामी र उनीहरुका आफन्त, दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई विशेष प्राथमिकतामा राखी गाउँपालिकामा ल्याउने पहल शुरु भएको गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिनुभयो । राजधानीबाट उद्धार गर्ने क्रममा एउटा वडाका नागरिकलाई एउटा सवारी साधनमा ल्याउने र गाउँपालिकाले निर्धारण गरेको क्वारेन्टाइनमा व्यवस्थित गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले दिएको जानकारीअनुसार ७७१ जनाले उद्धार चाहेका छन् भने ८४ जनाले राहत मागेका छन् । वैशाख १० गते जिल्ला समन्वय समितिका प्रमुख वीरकुमार राईको अध्यक्षतामा सम्पन्न बैठकले आ–आफ्नो स्थानीय तहले समस्यामा परेका नागरिकको उद्धार गरी व्यवस्थापन गर्ने निर्णय भएको थियो । सोही निर्णयअनुसार माप्य दूधकाशी गाउँपालिकाले पनि उद्धार कार्य शुरु गरेको छ । गाउँपालिकाले पहिलो चरणमा बिहीबार राति ९ः३० बजे काठमाडौँबाट चार वटा जीपमार्फत वडा नं १, २, ५ र ७ का ४० जनाभन्दा बढी नागरिकको उद्धार गरेको गाउँपालिकाका उपाअध्यक्ष जुनितामाया मगरले जानकारी दिनुभयो । काठमाडौँबाट गाउँ फर्कनेले १४ दिन अनिवार्य सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने, बाटोमा अनिवार्य रुपले मास्क तथा स्यानिटाइजर प्रयोग गर्नुपर्ने, काठमाडौँदेखि घर पुगुन्जेल खानाको व्यवस्था आफैँले गर्नुपर्ने र बाटोमा कतै पनि खाने कुरा किनेर खान नपाइनेलगायतका नियम पालना गर्न गाउँपालिकाले अनुरोध गरेको छ । गाउँपालिकाले वैशाख १२ गते वडा नं ३, ४ र ६ का नागरिकलाई उद्धार गर्ने जनाएको छ । जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले पनि विवरण सङ्कलन गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!