कोभिड–१९ को महामारीबाट बचाउन सरकारले गरिएको लामो लकडाउन पछि दैनिक मजदुर गरी परिवार पाल्ने गरिब तथा विपन्न परिवारलाई सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.९ का नागरीक समाज तथा यूवाहरुद्धारा राहत खाद्यान्न सामग्री वितरण गरेको हो ।
ती दैनिक मजदुर गरी परिवार पाल्ने गरिब तथा विपन्न परिवारको समस्यालाई मध्यनजर गरी मिर्चैया नगरपालिका वडा नं.९ का वडा अध्यक्ष मोहन पोखरेल र यूवा व्यापारी बजरंग साहको अगुवामा मिर्चैया नगरपालिका वडा नं.९ मा रहेका दैनिक मजदुर गरी परिवार पाल्ने गरिब तथा विपन्न परिवारलाई राहत वितरण गरेको हो ।
“सेवा नै धर्म हो ” नाराको साथ मिर्चैया नगरपालिका वडा नं.९ का नागरीक समाज तथा यूवाहरुद्धारा प्रत्येक विपन्न परिवार ८ किलो गहुँ अटा,२ पिस जिबन जल वितरण गरिएको जम्मा ४ सय ४५ परिवारलार्ई वितरण गरेको मिर्चैया नगरपालिका वडा नं.९ का नागरीक समाज तथा यूवा समितिका सस्दय अशोक चौधरीले बताए ।
उत्त राहत वितरण कार्यक्रममा मिर्चैया नगरपालिका वडा नं.९का अध्यक्ष मोहन पोखरेल,मिर्चैया नगरपालिका वडा नं.९ का नागरीक समाज तथा यूवा समितिका सस्दय प्रमेश पोखरेल,ओपिन्द्र साह,जतन चौधरी,भरत साह,राजकुमार चौधरी,अंजित चौधरी,मनोज साह,रामसागर साह,ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रतिनिधि, सशस्त्र प्रहरी वल सुरक्षा बेस क्याम्प मिर्चैयाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!