लकडाउन(बन्दाबन्दी) को कारण काठमाण्डौमा अलपत्र परेका लेटाङ २ का ३२ जना घर आईपुगेका छन ।
बिश्वभर आतङ्क फैलाईरहेको कोभिड १९ को संक्रमण नफैलियोस भनेर नेपाल सरकारले गरेको लकडाउनको कारण अलपत्र परेका बिद्यार्थी/श्रमिकहरुलाई वडा कार्यलय लेटाङ २ को पहलमा आज बिहान ल्याईएको हो । शुक्रबार बेलुका गाडी चढेका ४ जना बालबालिका सहितको टोलि ८:०० बजे वडाको पैतिसबिघेमा आईपुगेका हुन । आईपुगेको टोलिलाई वडा अध्यक्ष तेजप्रसाद तिम्सिनासहितको जनप्रतिनिधिको टोलि, ईलाका प्रहरी कार्यलय लेटाङका प्रमुख अशोक कुमार जबेगुसहितको टोलि र प्राथमिक स्वास्थ्य चौकि लेटाङका ईन्चार्ज अनुपम कोईरालाको टोलिले स्वागत गर्नु भएको थियो ।
वडा प्रबेश गर्नुपुर्ब सबैको प्रारम्भिक स्वास्थ्य जाँच गरिएको थियो भने सबैको ब्यक्तिगत बिबरण समेत सङ्कलन गरिएको छ । आएका सबैलाई स्वास्थ्य जाँच पछि वडा अध्यक्ष तिम्सिना, प्रहरी प्रमुख जबेगु र डाक्टर कोईरालाले स्वास्थ्य सचेतना गराउनु भयो ।
१४ दिने घरको क्वारेन्टाईनमा बस्न आग्रह गर्दै वडा अध्यक्ष तेज प्रसाद तिम्सिनाले व्यापक बिरोधको बिच ल्याईएकोले सचेत भएर घरमा नै बसिदिन आग्रह गर्नु भएको छ । ईलाका प्रहरी कार्यालय लेटाङका प्रमुख अशोक कुमार जबेगुले कोरोनाले कसैलाई पनि भेदभाब नगर्ने भएकोले सबैलाई लर्न आग्रह गर्नुभयो । स्वास्थ्य समस्या आएमा तुरुन्त स्वास्थ्य सस्थामा जानकारी गराउन डाक्टर अनुपम कोईरालाले घरमा पनि ब्यक्तिगत समदुरी कायम गरि परिवारको सुरक्षा गर्नहुन समेत आग्रह गर्नु भयो । काठमाण्डौदेखी ल्याउने काममा सहयोग गर्नुहुने मुर्तिकार नवीन सुबेदिलगायतलाई वडा अध्य्कश तेजप्रसाद तिम्सिनाले धन्यबाद दिनुभएको छ ।