शुक्रबार, बैशाख १२, २०७७ || 635  पटक पढिएको

धनगढीको सेती प्रादेशिक अस्पतालमा लकडाउनका कारण प्रभावित रहेको खोप सेवा पुनः सञ्चालन हुनेभएको छ । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि लकडाउन जारी रहदा नियमित खोप सेवा प्रभावित भएकाले एकापसमा सामाजिक दूरी कायम राखी खोप सेवा सञ्चालन गरिने अस्पतालद्वारा यहाँ जारी सूचनामा उल्लेख गरिएको छ । बालबालिकाका लागि लगाइने विभिन्न खोपहरु हप्ताको दुई दिन अर्थात् सोमबार र शुक्रबार बिहान ९ः०० देखि दिउँसो १ः०० बजेसम्म सेवा लिन सकिने जारी सूचनामा जनाइएको छ । त्यस्तै प्रत्येक हप्ता आइतबार र बुधबार गर्भवती तथा परामर्श र टिडी खोप सेवा दिइने भएको छ । लकडाउनले खोप सेवा बन्द हुँदा धेरै बालबालिका खोप लगाउनबाट वञ्चित हुँदै आएका थिए । कुटपिटको आरोपमा श्रीमान् पक्राउ धनगढी उपमहानगरपालिका–९ की ३८ वर्षीया महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । वडा नं ९ की मनुदेवी भट्टलाई ३९ वर्षीय श्रीमान् चन्ददेव भट्टले कुटपिट गरी घाइते बनाएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । कुटपिटबाट घाइते श्रीमती भट्टको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!