संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले सबैको सचेत प्रयासबाट मात्र कोरोना भाइरस नियन्त्रण हुने बताउनुभएको छ । आज बिहान ताप्लेजुङका सञ्चारकर्मीसँग भिडियो कन्फरेन्समार्फत छलफल गर्दै मन्त्री भट्टराईले कोरोना सङ्क्रमणको कुनै औषधि र खोप विकास नभएकाले सचेतनाबाटै नियन्त्रण गर्नु नै पहिलो विकल्प भएको उल्लेख गर्नुभयो । सङ्क्रमणविरुद्ध सावधानी नअपनाएका मुलुकमा देखिएको सङ्कट र शुरुदेखि नै यसको नियन्त्रणमा जुटेका मुलुकको अभ्यासबाट शिक्षा लिँदै नेपाल सरकारले कोरोनाको नियन्त्रण र जोखिम व्यवस्थापनमा योजनाबद्ध ढङ्गले काम गरेको उहाँले स्पष्ट पार्नुभयो । कोरोना भाइरसविरुद्ध सञ्चालन गरिएको सचेतना अभियानदेखि हालसम्म सरकारले अपनाएका विधि सफल भएको र यसलाई अन्तर्राष्ट्रिय सङ्घसस्थाले समेत राम्रो ठानेको उहाँको भनाइ छ । यस्तै लकडाउन कहिलेसम्म राख्ने÷नराख्ने भन्ने विषय नेपालको मात्रै परिस्थितिमा निर्भर नरहेको बताउनुभयो । सङ्क्रमणले उत्पन्न हरेक परिस्थितिको नियमित विश्लेषण गर्दै आवश्यक नीति र योजनाका साथ सरकारले काम गरिरहेको भन्दै उहाँले थप परिस्थतिलाई हेरी काम गर्ने बताउनुभयो । यसैबीच कोरोनाको सङ्क्रमणले नेपालको अर्थतन्त्र, पर्यटनलगायत क्षेत्रमा नकारात्मक प्रभाव पु¥याएको भन्दै उहाँले यसलाई उकास्न नयाँ ढङ्गले काम गर्ने बताउनुभयो । आर्थिक अवस्थालाई सुधार गर्न सरकारले बैंकको ब्याजदर घटाउने, बैंकको ऋण बुझाउने म्याद थप गर्ने, व्यवसायीलाई सस्तो ब्यजादरमा ऋण प्रवाह गर्नेजस्ता कुरामा ध्यान दिने पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!