बुधबार, बैशाख १०, २०७७ || 848  पटक पढिएको

भीमदत्त नगरपालिकाको पहलमा कोरोना भाइरस सङ्क्रमणलाई मध्यनजर गरी महाकाली अस्पतालका लागि सङ्कलन गरिएका स्वास्थ्य सामग्री मङ्गलबार हस्तान्तरण गरिएको छ । नगरपालिका कार्यालयमा अस्पताल विकास समितिका अध्यक्ष कृष्णदत्त जोशीलाई नगर उपप्रमुख सुशीला चन्दले पिपिइ र मास्क हस्तान्तरण गर्नुभएको हो । इन्टरनेसनल पब्लिक स्कूलले अस्पतालका लागि ३५ थान पिपिइ र १०० थान मास्क नगरपालिकालाई हस्तान्तरण गरेको थियो । नगरपालिकाले कोरोना सङ्क्रमण रोकथामसहित अस्पताल सुधारका लागि सहयोग गर्दैै आएको छ । स्थानीय तह निर्वाचनपछि अस्पतालको गुरुयोजना बनाएर हस्तान्तरण गरेको नगरपालिकाले पछिल्लो समय कोरोना रोकथामका लागि आइसोलेसन निर्माण, कोरोना जाँचकक्ष र शौचालय निर्माणलगायतका काममा सहयोग गरेको छ । अस्पतालको शवगृहमा शव व्यवस्थापनका लागि मर्करी चेम्बर सहयोग गरिएको छ भने अक्सिजन प्लान्ट खरिदका लागि आर्थिक सहयोग गरिएको छ । नगरपालिका प्रमुख सुरेन्द्र विष्टले अस्पताल सुधारका लागि नगरपालिकाले सधैँ सहयोग गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!