मंगलबार, बैशाख ०९, २०७७ || 963  पटक पढिएको

म यतिबेला अष्ट्रियाको इन्स्बु्रकमा छु । यहाँ बस्न थालेको करिब दुई दशक भएको छ । मेरो परिवारमा श्रीमती सोमत र छोरी दिवानी छन् । कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व नै त्रसित भइरहेको बेला अष्ट्रिया पनि अछुतो रहने कुरै आएन । यहाँ पनि एक महिनाभन्दा लामो समयदेखि लकडाउन जारी छ । यहाँका जनताले लकडाउनलाई पूर्ण रुपमा पालना गरेका छन् । यो लकडाउनले मलाई चाहिं आनन्द भएको छ । लकडाउनलाई मैले पूर्ण रुपमा इन्जोय गरिरहेको छु । अहिले परिवारलाई समय दिन पाएको छु । म रेष्टुरेन्ट व्यवसाय गर्दछु । सधैं व्यवसायमा व्यस्त हुँदा परिवारलाई समय दिन सकिरहेको थिइनँ । तर, अहिले लकडाउनले फुर्सदिलो बनाएको छ । दैनिक २–३ घन्टा हामी हिंड्ने गरेका छौं । यो ठाउँ साँच्चिकै रमाइलो छ । प्राकृतिक सुन्दरताले भरिएको छ । म पोखराको मान्छे भएकाले यहाँको सुन्दरता र वातावरणले पोखरालाई समेत भुलाइदिएको छ । त्यही भएर हामी हरेक दिन पहाडतिर घुम्न निस्कन्छौं । यसरी घुम्दा शरीरलाई निकै फाइदा हुन्छ । पसिना निस्कने गरी पैदल हिंड्दा स्वस्थ रहन सकिन्छ ।
रेष्टुरेन्टका लागि स्टक राखेका कारण खाद्यन्नको समस्या छैन । कम्तीमा दुई वर्षलाई पुग्ने खाद्यन्न स्टक छ हामीसँग । कोरोनाका कारण ज्यान गुमाउने र संक्रमित हुने अधिकांश ५० वर्षभन्दा माथिकै छन् । ५० वर्षभन्दा मुनिका एकदमै नगन्य छन् संक्रमित । बाहिर निस्कँदा मास्क लगाउने, मानिसको सम्पर्कबाट अलि टाढा रहने हो भने कोरोनाको संक्रमणबाट बच्न सकिने रहेछ । यो रोगमा सर्तकता र सावधानी अपनाउने हो भने डराउनु पर्दैन । घरमा कसैलाई रुघाखोकी लाग्यो भने घरका अरु सदस्यलाई पनि सर्छ । यो कोरोना पनि त्यस्तै हो । तर, यो अलि कडा खालको रोग हो । आफैं सतर्क भयो भने यो रोगबाट बच्न सकिन्छ ।
यहाँको सरकारले जनताका लागि विभिन्न विधि प्रयोग गरेर सुविधा दिइरहेको छ । एक महिनादेखि यहाँको सबैजसो व्यवसाय ठप्प छ । तर, राज्यले यसरी बन्द भएर घाटा व्यहोराका व्यवसायीका लागि राहत दिएको छ । लकडाउनका कारण रोजगारी नगुमोस् भनेर सरकारले ९० प्रतिशत र सम्बन्धित रोजगारदाताले १० प्रतिशत दिने गरी कार्यविधि तयार पारेर कार्यान्वयनमा ल्याएको छ । यसले रोजगारीमा संलग्नलाई ठूलो राहत मिलेको छ । जनतालाई राहत पुगोस् भनेर यहाँको सरकारले हरेक दिन नयाँ–नयाँ योजना र कार्यविधि तयार बनाउने गरेको छ । यहाँका प्रधानमन्त्री र मन्त्रीहरू सुतेका छैनन् । उनीहरूले सम्बन्धित क्षेत्रका विज्ञहरूलाई राखेर जनताको पक्षमा नीति निर्माण र कार्यविधि बनाउने गरिरहेका छन् । बिना ब्याज ऋण दिने कार्यविधि पनि सरकारले बनाइरहेको मैले सुनिरहेको छु । नेपाल सरकारले पनि यस्ता कुरा सिक्नुपर्छ । जनतालाई कसरी सुविधा दिने भन्ने विषयमा नेपाल सरकार त्यति चिन्तित भएको देखिँदैन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!