कोरोनाभाइरसको संक्रमण फैलनबाट रोक्न सरकारले लकडाउनको घोषणा गरेपछि मजदुर आ–आफ्ना घर फर्किरहेको खबर आइरहन्छन् ।

कोही सयौं किलोमिटर हिँडेर त कोही साइकलको सहारामा आफ्नो घर फर्किरहेका छन् । यद्यपि, शहरबाट गाउँ फर्कनु पहाड फोड्नु सरह गाह्रो छ । यस्ता घटना नेपाललगायत भारतमा पनि प्रशस्तै सुन्न र पढ्न पाइन्छ । भारतको एक यस्तै खबर यहाँ प्रकाशित छ ।

द इन्डियन एक्सप्रेसमा छापिएको एक रिपोर्ट अनुसार लकडाउनमा पैदल नै आफ्नो घर फर्किरहेकी १२ वर्षीया बालिकाको घर पुग्नु अगावै मृत्यु भएको छ ।

रिपोर्टका अनुसार १२ वर्षीया जमालो मडकाम करिब दुई महिना अघि तेलंगानामा खुर्सीनी खेतीमा काम गर्नका लागि आफन्तसाग पहिलो पक आफ्नो घरबाहिर निस्किएकी थिइन् । तर उनी जिउँदो फर्कन सकिन्न् । करिब सय किलोमिटर पैदल हिँडेपछि उनको मृत्यु भयो ।

पत्रिकाले अधिकारीलाई उद्धृत गर्दै उनीसँग अन्य १३ जना पनि भएको बताएको छ । १२ वर्षीया ती बालिका लगातार तीन दिनसम्म पैदल हिँडेको र १८ अप्रिलमा इलेक्ट्रोलाइट असन्तुलन र थकानका कारण उनको मृत्यु भएको बताएको छ । छत्तीसगढको बीजापुर जिल्लामा रहेको आफ्नो घरबाट ११ किलोमिटर टाढा उनको मृत्यु भएको हो ।

जरोम आफ्ना आमा–बुवाका एक्ला सन्तान थिए । राज्यका मुख्यमन्त्री भूपेश बघेलले पीडित परिवारका लागि एक लाख भारु दिने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!