सोमबार, बैशाख ०८, २०७७ || 680  पटक पढिएको

पश्चिम नवलपरासीको परासीस्थित पृथ्वीचन्द्र अस्पतालले कोभिड–१९ को त्रासबीच बहिरङ्गसहितका सम्पूर्ण सेवा निरन्तर सञ्चालन गरेको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण विभिन्न अस्पतालले आकस्मिकबाहेक सेवा बन्द गरेको अवस्थामा आवश्यक सुरक्षाका उपाय अपनाएर ओपिडीसहित अन्य सेवा निरन्तर प्रवाह गरिरहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डामोहम्मद नुरुल होदाले जानकारी दिनुभयो । “अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मीलाई उच्च मनोबल राखेर काम गर्ने वातावरण बनाएका छौँ, हाम्रा सम्पूर्ण सेवा निरन्तर चलिरहेका छन्, हामीकहाँ अहिले पनि ओपिडीमा दैनिक ४० देखि ५० जनासम्म बिरामीहरु आउने गर्नुभएको छ”, उहाँले भन्नुभयो । अस्पतालले ओपिडी समयमा फिभर क्लिनिक पनि सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले पिपिई प्रयोग निर्देशिकाबमोजिम स्वास्थ्यकर्मीलाई अनिवार्य प्रयोग गरेर फिभर क्लिनिक सञ्चालन गर्न निर्देशन दिएको थियो । अस्पतालमा पिपिईको अभाव भने छैन । हाल ८२ पिपिई उपलब्ध रहेको अस्पतालले जनाएको छ । कोरोनाका शङ्कास्पद बिरामीको उपचारका लागि अस्पतालमा चार शय्याको आइसोलेशन वार्ड छ । दैनिक १८० जनासम्म बिरामी आउने गरेको सो अस्पतालमा अहिले भने सङ्ख्या घट्दै गएको छ । बन्दाबन्दीभन्दाअघि अस्पतालमा मौसमी रुघाखोकीका बिरामी भरिभराउ हुन्थे । गर्मी बढ्दै गएपछि भने बिरामी घट्दै गएको डा होदाले बताउनुभयो । अस्पतालको सेवा विस्तारअन्तर्गत गत चैत १ गतेदेखि एक्सरे सेवासहित प्रसूति, प्रयोगशाला तथा औषधालय सेवा पनि २४ सै घण्टा सञ्चालनमा रहेको अस्पतालले जनाएको छ । संस्थागत क्लिनिकअन्तर्गत परिवार नियोजन र गर्भवती परीक्षण सेवा पनि निरन्तर चलिरहेको डाहोदाले उल्लेख गर्नुभयो । खोप सेवा भने नेपाल सरकारको निर्देशनानुसार हाल रोकिएको छ । अहिलेको विषम परिस्थितिमा अग्रपंक्तिमा रहेर सेवा प्रवाह गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल उच्च राख्ने कार्यमा सबैबाट सकरात्मक सहयोग हुनुपर्नेमा अस्पतालका अध्यक्ष जगदीश चौधरीले जोड दिनुभयो । पचास श्याको सो अस्पतालमा हाल ११ चिकित्सक कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!