सोमबार, बैशाख ०८, २०७७ || 752  पटक पढिएको

उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ भुल्केस्थित मस्जिदमा लुकिछिपी बसेका १६ जनामध्ये १२ भारतीयसहित १३ जनामा कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण पुष्टि भएपछि प्रहरीले उनीहरूको विगतको यात्रा वृत्तान्त (ट्राभल हिस्ट्री) गहन अध्ययन थालेको छ ।

प्रहरीको प्रारम्भिक अध्ययन अनुसार सङ्क्रमितको समूह मोरङ, सुनसरी, सप्तरी र उदयपुरका विभिन्न मस्जिदमा चार महिना बिताएको पाइएको छ । उदयपुरका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीका अनुसार यात्रा वृत्तान्तसँगै त्रियुगा नगरपालिका वडा नं. ३ भुल्केस्थित मस्जिद आसपासमा रहेका मुस्लिम समुदायका ५३ परिवारका करिब छ सय जनाको स्वास्थ्य परीक्षण थालिएको छ । नमुना परीक्षण गर्ने क्रममा शनिबार पहिलो चरणमा ६९ जनाको स्वाब सङ्कलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय गाईघाटले जनाएको छ । प्रहरीका अनुसार भारतबाट आएकाको रेलको टिकट, अन्य कागजपत्र र बयानका आधारमा प्रहरीले बनाएको प्रारम्भिक यात्रा वृत्तान्त अनुसार १२ भारतीय नागरिक चार महिनाअघि नै विराटनगर आएका थिए । गत डिसेम्बर १० अर्थात् मङ्सिर २४ गते उनीहरू दिल्लीबाट रेल मार्फत जोगवनी नाका भएर नेपाल आएको प्रारम्भिक अध्ययनले देखाएको प्रहरीले जनाएको छ ।

मङ्सिर २५ गते विराटनगरको रानीस्थित मस्जिदमा आइपुगेका ती सङ्क्रमित करिब चार हप्तासम्म त्यही बसेको र अन्य अरू मस्जिदमा समेत गरी मोरङमा करिब ३५ दिन बिताएको देखिन्छ । त्यसपछि सुनसरीको दुहबी, भोक्राहा लगायतका मस्जिदमा करिब छ हप्ता बसेर सप्तरीका चार मस्जिदमा तीन हप्ता बिताएपछि सप्तरीकै फत्तेपुर हँुदै उदयपुरको चौदण्ड गढी नगरपालिका वडा नं. ५ सिवाहीस्थित मस्जिदमा फागुनको २५ गते आइपुगेको देखिएको उदयपुरका प्रजिअ पहाडीले स्पष्ट पारेका छन् । सिवाहीमा सात दिन बसेपछि चैत १ गते भुल्केस्थित मस्जिदमा आइपुगेको र यात्रा वृत्तान्त आएसँंगै सप्तरीको सप्तकोसी नगरपालिकाका तीनवटा मस्जिद तथा कञ्चनपुर नगरपालिकाको बरमझियास्थित मस्जिद क्षेत्रलाई ‘सिल’गरी स्थानीयवासीको नमुना परीक्षण गर्ने काम भइरहेको र शनिबार मात्रै ७४ जनाको नमुना सङ्कलन गरिएको सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द ठाकुरले बताएका छन् । (गोरखापत्रबाट)

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!