आइतबार, बैशाख ०७, २०७७ || 839  पटक पढिएको

तेह्रथुमको छथर गाउँपालिका–२ हमरजुङको तेलियाखोलाको आहालमा पौडी खेल्ने क्रममा दुई बालक शनिबार अपराह्न डुबेर बेपत्ता भएका छन् । घरबाट एक घण्टा टाढाको दूरीमा रहेको तेलिया खोलाको गहिरो आहालमा पौडी खेल्न गएका छ बालबालिकामध्ये १२ वर्षीया एलिना विश्वकर्मा र ११ वर्षीय सरोज विश्वकर्मा डुबेर बेपत्ता भएको शुक्रबारे प्रहरी चौकीका प्रमुख रमेश वनले बताउनुभयो । धनकुटा जिल्लाको पाख्रीबास नगरपालिका दियाले घर भएकी एलिना तेह्रथुमको छथर गाउँपालिका–२ हमरजुङस्थित मावली घरमा बस्दै आएकी थिइन् । डुबेर बेपत्ता भएका दुवैको घटनास्थलमा खोजी भइरहेको वडाध्यक्ष कुलबहादुर कार्कीले बताउनुभयो । आहाल गहिरो भएकाले बेपत्ताको खोजीमा समस्या भएको वडाध्यक्ष कार्कीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!