शनिबार, बैशाख ०६, २०७७ || 851  पटक पढिएको

डोटीको बडिकेदार गाउँपालिका–१ बिपीनगरमा रहेको सालमुनि जलविद्युत् आयोजनामा काम गर्ने एक मजदुरको शुक्रबार भ¥याङबाट लडेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार मृत्यु हुनेमा कालिकोट जिल्ला सानीत्रिवेणी गाउँपालिका–६ बस्ने १६ वर्षीय पारस धामी रहेका छन् । उक्त जलविद्युत् आयोजनामा रहेको एसी ममर्त गर्ने क्रममा भ¥याङबाट खसेर उनी गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका धामीलाई उपचारका लागि जिल्ला बाहिर लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बिपीनगर डोटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!