शनिबार, बैशाख ०६, २०७७ || 620  पटक पढिएको

कपिलवस्तुका सीमावर्ती क्षेत्रका नागरिक रातभर जाग्राम बस्ने गरेका छन । नेपाल भारत सिमाना नजीकै रहेका आधा दर्जन गाउँका बासिन्दा कोरोना सङ्क्रमण नियन्त्रणका लागि रातभर अनिदो बस्ने गरेका हुन् । कोरोना संक्रमण नियन्त्रणका लागि नेपाल र भारत सरकारले सीमानाका पूर्ण रुपले बन्द गरे पनि सर्वसाधारण राति लुकेर नेपाल प्रवेश गर्ने गरेकाले सीमावर्ती गाउँका बासिन्दाले तिनमाथि निगरानी राखेका हुन् । कृष्णनगर नगरपालिका र विजयनगर गाउँपालिकाकाअन्तर्गतका अधिकांश गाउँमा मानिस जागराम बस्ने गरेको स्थानीय अगुवा रफिक मुसलमानले जानकारी दिनुभयो । ठाकुरापुरा, गेडुवाजोत, मनोहरापुर, भागवनपुर, बाराईपुर, गणेशपुरलगायत गाउँका युवाले पालैपालो रातभर पहरा गरिरहेको युवक रामप्रकट कोरीले बताउनुभयो । सीमानाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिए पनि अधिकांश चोरनाकाबाट भारतीय नेपाल पस्ने गरेकाले राति बस्नु परेको कोरीले बताउनुभयो । कपिलवस्तुको सिमाना भारतसँग ९३ किलोमिटर खुला भई कोरोना संक्रमित नेपाल सजिलोसँग प्रवेश गर्ने भएकाले अहिले सिमानामा सशस्त्र प्रहरी र नेपाल प्रहरी तैनाथ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!