शनिबार, बैशाख ०६, २०७७ || 1686  पटक पढिएको

अहिले बिश्व नै कोरोना बाट त्रसित बनिरहेको अवस्थामा मेरो देश नेपाल मा पनि लकडाउन भएको धेरै दिन बितिसकेको छ।यो अहिलेको अबस्थामा बिश्वका शक्तिशाली मानिने रास्ट्र हरुले समेत कोरोना बाट हार मानिसकेको अवस्थामा कठै मेरो देशको हालत के हुने होला सम्झिदा पनि जिउ नै सिरिङ भएर आउँछ ।तेस माथी पनि फेरि बिश्व स्वास्थ संगठन ले नेपाल उच्च जोखिम मा रहेको कुरा भनिरहदा मन नै चसक्कहुने रहेछ।अनि विभिन्न सोसल मिडिया हरुमा समाचार हरु हेर्ने गर्छु कहि कतै मान्छे खानको लागि केही नभएर भोकभोकै छ्टपटि रहेको अबस्था छ,कतै मान्छे गन्तव्य स्थल सम्म पुग्न नसकी बिच बाटाे मै अलपत्र परिरहेको समाचार देख्छु झ्न त्यो अबोध बालबालिका भोक तिर्खाले छटपटिएर सडक को बिच बाटाे मा सुतिरहेको तस्वीर देख्छु कहि कतै स्थानिय हरुले माया लागेर केही खानेकुरा सहयोग गरेको सुन्छु तर अह सरकार ले उदार गर्यो भन्ने सुन्न पाइन अनि आँखा बाट आँसु रोक्नै सक्दिन येस्तो देखिरहदा टुलुटुलु हेर्नु सिवाय मैले के नै गर्न सक्छु र तेइ पनि सरकारलाइ दुई सब्द भन्न मन लाग्यो यो समाचार र तस्बिर ले बोल्न बाध्य बनयो।।म सोच्ने गर्छु लकडाउनको येतिका समय बितिसक्दा पनि सरकारले गरिब दुखी जनता हरुलाइ उचित राहत प्रदान गर्न सकिरहेको छैन खान नपाएर बाटाे मा भोकभोकै रोइरहेका हरुलाइ उनिहरुको घर सम्म पुराउने प्रबन्ध गर्न सकिरहेको छैन आखिर किन यो सब भैरहेको छ सरकार ले चाहेको खण्डमा राहत दिन नसक्ने,बिच बाटाे मा अलपत्र परेका हरुलाइ उदार गर्न नसक्ने पनि त छैन)??तिन तहको सरकार छ। कोरोना नियन्त्रण कोष मा तेति धेरै रकम संकलन भैसकेको छ।।तै पनि गरिब दुखिलाइ चपेटा मा पारेर किन रुवाइरहेको सरकार??आफ्नो देश को जनता मार मा परिरहेको अवस्था मा उनिहरुलाइ हेर्ने प्रमुख दायित्व त सरकार को हैन र??आफ्नो देश को जन्ता अफ्ट्यारोमा परेको बेला उनी हरुलाइ स्वास्थ,गास,बाँस को उचित प्रबन्ध गर्नु पर्ने दायित्व सरकार को हैन??हिजो तेहि जन्ता को आड भरोसा मा सरकार बनेको हैन र??हिजो तेहि सरकार लाई जिताउने जन्ता रोयेको टुलुटुलु कसरी हेरिरहन सक्छ सरकार ???”दुख परेको बेला मलाई मेरो देश ले हेरेन”मलाइ देश किन चाहियो!येस्तो कुरा नागरिकको मन मा पलायो भने तपाई हरु कस्को नेता मन्त्री र प्रधानमन्त्री भएर बिराजमान हुनुहुन्छ???म सरकार लाई आग्रह गर्न चाहन्छु आम नागरिकको मन नभाचियोस मन नदुखोस जति सक्दो छिटाे अफ्ट्यारो मा परेका हरुलाइ उचित उद्दार होस नत्र जन्ता नै नरहे सरकार को के काम ।। र सम्पुर्णमा लकडाउन को पुर्न रुपमा पालना गरेर आफू पनि बाच्न र अरुलाइ पनि बचाउन मद्दत गर्न अनुरोध गर्छु!!! जय देश जय जन्ता

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!