कोराना भाइरसका चार जना संक्रमित भेटिएपछि प्रदेश २ मा जोखिमको स्तर उच्च छ। वीरगञ्जको छपकैयास्थित जामे मस्जिदमा लुकेर बसेका भारतबाट नेपाल आएका ३ जना भारतीय मुस्लिम जमाती (धर्म प्रचारक) कोरोना संक्रमित भेटिए। त्यसको भोलिपल्ट नै रौतहटको इशनाथ नगरपालिका—५ मोतीपुरका १९ वर्षीय किशोरमा पनि यो भाइरस रहेको पुष्टी भयो।

१६ दिनअघि दिल्लीबाट फर्किएका ती युवक एक दिन घरमै बसेका थिए। त्यसको भोलिपल्ट स्थानीयले क्वारेन्टाइनमा बस्न दबाब दिएपछि उनी औरैयास्थित विद्यालयमा बनाइएको क्वारेन्टाइनमा बसे।

उनको परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरिसकेको छ। संक्रमित युवाको घरमा आमाबुवा, दुई भाइ, एक बहिनी छन्। उनी अन्य कतिजनाको सम्पर्कमा आए भन्ने यकिन हुन सकेको छैन।

प्रदेश २ मा कोरोना संक्रमणका यी घटनाले सीमाको सुरक्षा व्यवस्थामाथि प्रश्न चिह्न खडा गरेको छ। दिल्लीको नजामुद्दिन मरकजमा तबलिगी जमातमा सहभागी भएका जमातीहरू सीमा नाकामा लगाइएको प्रतिबन्द्वलाई छिचोलेक कसरी नेपाल छिरे भन्ने प्रश्न उठेको छ।

पर्सामा भेटिएका तीनजना जमाती नेपालमा आएर पछिल्लो ९-१० दिनसम्म मस्जिदमा बसेका थिए। उनीहरूसँगै मस्जिदमा २४ जना भारतीय मुस्लिम जमाती बस्दै आएका थिए। घटनापछि छपकैयाको मस्जिद र नजिकैको घुसुकपुर मस्जिदबाट २६ जनालाई नियन्त्रणमा लिइए पनि यिनीहरू नेपालको मस्जिदमा लकडाउनको सबै नियम तोडेर बस्नु नै चुनौतिपूर्ण बनेको आजको अन्नपूर्ण पोष्ट दैनिकले खवर छापेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!