सोमबार, बैशाख ०१, २०७७ || 1146  पटक पढिएको

नयाँ वर्षको आगमनसँगै तराईका विभिन्न जिल्लामा सिरुवा पर्वको अवसरमा लाग्ने मेला यस वर्ष कोरोना भाइरसको जोखिमका कारण नलाग्ने भएको छ । सिरुवा पर्वमा जुड शीत्तल मनाउने र आफ्ना खेतबारीमा रहेका बोट बिरुवामा पानी हाल्ने चलन पनि छ । जुड शीत्तल बुढापाकाले आफ्ना सन्तानको शीरमा पानी छर्केर मनाउने गरिन्छ । यसबाट उनीहरु निरोगी र दीर्घजीवी हुने मान्यता छ । सुनसरीको पन्चाइनबाट चैत ३० गतेदेखि शुरु हुने सो मेलावबैशाख १ गते इटहरी नगरपालिकाको उबधीमा, २ गते सुनसरीको चाँदबेलामा, ३ गते गढी गाउँपालिकाको गढीमा, ४ गते चरैयामा, ५ गते छिटहा र पचिरामा, ६ गते सुनसरीकै खनार नजिकै भुस्कुलवा हुँदै यो मेलामा महिनाभरि चल्दै चाँदबेलामा वैशाख २७ र २८ गते दुईदिन मेला लागेर विश्राम लिइन्थ्यो । स्थानीय ग्रामथानको पूजा हुने मेलामा अत्यधिक मानिसको भीड लाग्ने र भीडभाडले कोरोनाको सङ्क्रमण हुने भएकाले स्थानीय प्रशासनले रोक लगाएको हो । मेलामा विभिन्न व्यावसाय गर्ने मानिसले पनि पहिले नै पूँजी जुटाएर सामानहरु खरिद गर्ने र मेलामा बिक्री गरेर हजारौँ आम्दानी गर्न गर्दै आएका थिए । मेलामा हातमा मेहँदी लगाउने, जेरी तथा मिठाइ पसल सञ्चालन गर्ने, चिसो पेय पदार्थ बिक्री गर्ने गरिन्थ्यो । बालबालिकादेखि पाका उमेर समूहका मानिसरु मेलामा घुमेको देखेर रमाइलो मान्ने र मानिसहरुबीच सम्बन्ध बढ्ने भएकाले तराईमा यसको बेग्लै महत्व रहेको सुनसरी चाँदबेलाका देवनारायण चौधरीले बताउनुभयो । यस वर्ष मेला स्थगित हुने स्वाभाविक भएको उहाँले प्रतिक्रिया दिनुभयो । सुनसरीका प्रमुख जिल्ला अधिकारी रमेश पौडेलले मेला लाग्दा भीडभाड बढ्ने भएकाले लकडाउनका अवधिमा कुनै पनि स्थानमा मेला लाग्न नदिइने जानकारी दिनुभयो । उहाँले सिरुवा पर्व परिवारभित्र मात्र मनाउन र कुनै पनि ठाउँमा भीड नगर्न आमनागरिकलाई अपिल पनि गर्नुभयो । प्रजिअ पौडेलले लकडाउनको समयमा कुनै पनि नागरिक भारतबाट नेपाल प्रवेश नगरेको र रोक्नका लागि त्यस क्षेत्रमा सुरक्षा निकाय गम्भीर भएर लागेको स्पष्ट पार्नुभयो । सुनसरीका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले परम्परादेखि सिरुवा पर्वमा लाग्ने मेला यसवर्ष लाग्न नदिने र यसका लागि मेला लाग्ने स्थानको पहिचान गरी प्रहरी परिचालन गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!