सोमबार, बैशाख ०१, २०७७ || 795  पटक पढिएको

कैलालीको लम्की चुहा नगरपालिका–१ मा एक ६५ वर्षीया महिलामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । महिला लम्की वहुमुखी क्याम्पसको करेन्टाइनमा बस्दै आएकी थिइन् ।

नगरपालिकाका प्रमुख महादेव बजगाइँका अनुसार शुरुमा –यापिड टेस्ट गर्दा सो महिलामा कोरोना नेगेटिभ देखिएको थियो । तर, पीसीआर मेसिनबाट थप परीक्षण गर्दा उनमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालय स्रोतले पनि पीसीआर प्रविधिबाट उनमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएको छ।

उनलाई अहिले आइसोलेसनमा राख्नका लागि एम्बुलेन्सबाट सेती प्रादेशिक अस्पतालमा पठाइएको छ । योसँगै कलाली जिल्लाका तीन जनामा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!