सोमबार, बैशाख ०१, २०७७ || 812  पटक पढिएको

काठमाडौँ उपत्यकाको सुरक्षामा खटिएका ट्राफिक प्रहरीलाई स्थलमै स्वास्थ्य सामग्री वितरण गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले आइतबार उक्त सामग्री वितरण गर्नु भएको हो । कोभिड १९ को संक्रमणबाट रोक्न आम जनसमुदायको सुरक्षामा खटिएका ट्राफिक प्रहरीको सुरक्षाका लागि मास्क, ग्लोब्स, साबुन र सेनिटाइजर वितरण गरिएको हो । उपत्यकाको ४५ यूनिटमा रहेका एक हजार ५४८ प्रहरीलाई स्वास्थ्य सामग्री उपलब्ध गराईको ढकालले जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिका, करुणा फाउन्डेसन, नेपाल बार एसोसिएसन र प्रहरी प्रधान कार्यालयबाट उपलब्ध गराइएको स्वास्थ्य सामग्री वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!