कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्यून गर्दै विश्वविद्यालय तथा विद्यालय तहको पठनपाठन कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा विज्ञले अनुसन्धान सुरु गरेका छन् ।

सङ्क्रमणको अवस्थाकै बीचमा पनि अध्ययन अध्यापन कार्य कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा विज्ञका बीच अध्ययन गर्न छलफल सुरु भएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्रा.डा. लेखनाथ शर्माको संयोजकत्वमा हालै गठन गरेको शिक्षण विधि तथा विकल्प उपसमितिले यसबारेमा अध्ययन अघि बढाएको हो ।
कोरोनाको सङ्क्रमणका बारेमा हाल कुनै अनुमान नै गर्न नसकिने र यसको प्रभाव लामो समयसम्म पर्ने अवस्थामा विद्यार्थीको पठनपाठन कसरी अगाडि बढाउने तथा त्यसको सम्भाव्यता कस्तो हुन्छ भन्ने विषयमा उपसमितिले अध्ययन गर्न थालेको छ ।
सो उपसमितिलाई कोभिड–शैक्षिक क्यालेन्डर, अनलाइन कक्षा सञ्चालन, प्रयोगात्मक अभ्यास, पाठ्यक्रम, तालिम, परीक्षा सञ्चालन र निरीक्षण लगायतका योजना बनाउने र मन्त्रालयलाई सुझाव दिने जिम्मेवारी दिइएको छ । उपसमितिका संयोजक तथा खुला विश्वविद्यालयका उपकुलपति शर्माले सङ्कटको यस घडीको व्यवस्थापन गर्दै समग्र शैक्षिक क्यालेन्डरकै बारेमा अध्ययन गरिने जानकारी दिए ।
सरकारबाट जारी गरिएको बन्दाबन्दी (लकडाउन) तथा सामाजिक दूरी कायम गर्ने विषय कति समयसम्म रहन्छ भन्ने आधारमा शैक्षिक क्यालेन्डर बनाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ । गोरखापत्रमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!