आइतबार, चैत्र ३०, २०७६ || 908  पटक पढिएको

कोरोना सङ्क्रमणबाट बच्न स्थानीय सरकारले सचेतना अभियान तीव्र पारेसँगै खेतबारीमा किसानले दूरी कायम गरेर बाली काट्न शुरु गरेका छन् । गहुँबाली बारीमै झर्ने अवस्थामा पुगेपछि राकम कर्णालीका किसा गहुँ काट्न व्यस्त छन् । सरकारले लकडाउनको घोषणा गरेसँगै अन्तरपालिका आवतजावतसमेत रोकिएका बेला गहुँ पाकेर खेतमै झर्ने अवस्था आएपछि किसानले सो उपाय अपनाएका छन् । दैलेख पश्चिम क्षेत्रमा पर्ने राकम कर्णालीका किसान बाली पाकेर बारीमै झर्नुभन्दा टाढा दूरी कायम गरेरै भए पनि गहुँ काट्न शुरु गरिएको बताउँछन् । “मकैपछिको मुख्य बाली गहुँ नकाट्ने हो भने अन्न अभाव हुन्छ । बारीमा नजाऔँ भोकमरीको डर, जाऔँ कोरोनाको डर, त्यसैले रोग र भोक दुवैको डर हटाउन बारीमा पनि सुरक्षित हुँदै गहुँ काट्न व्यस्त हुनुपरेको छ”, किसान कमला बोहोराले बताउनुभयो । राकम कर्णालीको उब्जनीयोग्य फाँटमा उत्पादन हुने गहुँले किसानलाई तीनदेखि चार महिनासम्म खाद्यान्नको जोहो हुने गर्छ । जिल्लामा यस वर्ष १३ हजार ६५० हेक्टरमा गहुँ खेती गरिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख तिलक पाण्डेले जानकारी दिनुभयो । पहिला घरभित्र अन्न भित्र्याएपछि भित्रै बसी अरू काम गर्ने र जति दिन सरकारले भन्छ त्यति नै बस्ने गौरी बोहोराले बताउनुभयो । ”अन्तिम उपाय यही हो”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!