आइतबार, चैत्र ३०, २०७६ || 606  पटक पढिएको

एक सामाजिक संस्थाले जिल्ला अस्पताल इनरुवा सुनसरीमा कार्यरत स्वास्थ्यकर्मीलाई पिपिइ हस्तान्तरण गरेको छ । स्वास्थ्यकर्मीलाई कोरोना सक्रमणको जोखिमबाट सुरक्षित हँुदै सेवा प्रवाह गर्नका लागि पिपिइलगायत सामग्री प्रदान गरिएको हो । काठमाडौँमा मुख्य कार्यालय रहेको भृकुटीदेवी ट्रष्टले शनिबार ५० थान पिपिई तथा १०–१० थान चश्मा पञ्जा, बुट कभर र एन ९५ मास्क जिल्ला समन्वय समिति सुनसरीका सभापति तथा अस्पताल विकास समितिका अध्यक्ष गोपालराज भण्डारीलाई हस्तान्तरण गरेको जिल्ला अस्पताल इनरुवाका इमर्जेन्सी कक्षका इञ्चार्ज गुणानन्द झाले जानकारी दिनुभयो । स्वास्थ्य परीक्षण गर्न आवश्यक साधनस्रोत नहुँदा सामाजिक दूरी कायम राख्दै सेवा दिँदै आएका अस्पतालका स्वास्थ्यकर्मीलाई सामग्री हस्तान्तरण गरिएपछि सहज भएको झाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!