शनिबार, चैत्र २९, २०७६ || 1734  पटक पढिएको

लकडाउनको मौका छोपी कपिलवस्तुको बाणगङ्गा नदीमा नदीजन्य वस्तुको चोरीतस्करी मौलाउँदै गएको छ । रातभर दर्जनाँै सवारी साधन र भ्याकु मेशिन प्रयोग गरेर डम्पिङ गरिएको करीब चार सय ट्रयाक्टर गिटीबालुवा बाणगङ्गा नगरपालिकाले बरामद गरेको छ । नगरका उपप्रमुख चक्रपाणि अर्याल, प्रमुख प्रशासकीय अधिकृत चूरामणी पन्थी, इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक आयुषप्रसाद जोशी, सञ्चारकर्मीसहितको टोलीले शुक्रबार स्थलगत अध्ययन गर्दा चोरी गरेको पाइएको हो । बाणगङ्गा –८ वालापुरको नदी किनारमै रातभर थुपारिएको नदीजन्य पदार्थ जफत गरिएको जानकारी दिँदै प्रमुख प्रशासकीय अधिकृत पन्थीले अभियुक्तलाई प्रहरीको जिम्मा लगाइएको बताउनुभयोे । उपप्रमुख अर्यालले यस्तो राष्ट्रिय संकटका बेला रातभर नदी उत्खनन गर्नेलाई कारवाहीका लागि जिल्ला प्रशासन कार्यालयसमक्ष जानकारी गराइएको बताउनुभयो । सो क्षेत्र ठेक्का नलागेको क्षेत्र भएको पनि उहाँले प्रष्ट्याउनुभयो । उक्त क्षेत्रमा करीब चार सय ट्रयाक्टर मिश्रण रातभरमा थुपारिएको थियो । केही दिनयता बाणगङ्गा नदीमा नदीजन्य पदार्थको दोहन अत्याधिक भैरहेको बाणगङ्गा–५ मधौलियाका स्थानीयवासीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!