स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालसँग कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारसँग समन्वय गर्ने जिम्मेवारी तोकिएका विभिन्न सङ्घीय मन्त्रीले आज छलफल गर्नुभएको छ । प्रदेश नम्बर १ सरकारसँगको समन्वयकर्ता भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वसन्त नेम्वाङ, गण्डकी प्रदेशको सरकारसँगको समन्वयकर्ता भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल र सुदूरपश्चिम प्रदेश सरकारसँको समन्वयकर्ता खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले आज स्वास्थ्य मन्त्रालयमा मन्त्री ढकालसँग छलफल गर्नुभएको हो । छलफलमा मन्त्री ढकालले स्वास्थ्य मन्त्रालयले कोरोना रोकथाम र नियन्त्रणमा भइरहेको कामबारे जानकारी गराउँदै प्रदेश र जिल्लास्तरबाट माग बढेसँगै सरकारले नमूना परीक्षणको क्षमता विस्तार गरी दोब्बर बनाउने तयारी गरेको बताउनुभयो । हाल दैनिक मुलुकभर रहेका १० प्रयोगशाला (ल्याब) मा गरी तीन हजारको सङ्ख्यामा परीक्षण गर्ने क्षमता रहेकामा प्रदेशस्तरमा प्रयोगशालाको जडान, स्तरोन्नति तथा मेशिन थप गरी क्षमता विस्तार हुँदैछ । मन्त्रिपरिषद्को बैठकबाट समन्वय गर्ने जिम्मेवारी पाउनुभएका मन्त्रीहरूले स्वास्थ्य सामाग्री र अन्य तयारीको बारेमा प्रदेशगत रूपमा आफ्नो विचार राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!