खबर ठुलो छ

नेपालमा कोरोना भाइरस फेला परेको तेस्रो व्यक्तिसँगै गत चैत ४ गते दुबईबाट एयर अरेबिया एयरलाइन्सको उडानबाट आएका जिल्लाका तीन युवामा कोरोनाको सङ्क्रमण नभएको पुष्टि भएको छ । दुबईको सारजाहा विमानस्थलबाट उडान जी ९५३७ बाट काठमाडौँ ओर्लिएका माछापुच्छ«े गाउँपालिका–२ सार्दिखोलाका अमृत पौडेल र दीपक गुरुङ तथा वडा नं ६ धितालका गोविन्दप्रसाद अधिकारीको स्वाब परीक्षण गर्दा उनीहरुको नतिजा नेगेटिभ आएको हो ।

तीनै जनाको सोमबार पोखरामा गरिएको कोरोना परीक्षणबाट उनीहरुमा कोरोना सङ्क्रमण नदेखिएको प्रदेश स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्मालाई उद्धृत गर्दै गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले बताए। उनीहरुसँगै आएको व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि तीनै जना होम क्वारेन्टाइनमा स्वास्थ्यकर्मीको निगरानीमा रहेका थिए । त्यसैगरी चैत ४ गते बाग्लुङकी सङ्क्रमित एक युवतीलाई पोखराबाट स्कारपियो गाडीमा राखेर बाग्लुङ घरसम्म पु¥याउने चालकको समेत स्वास्थ्य अवस्था सामान्य रहेको गाउँपालिकाले जनाएको छ ।

विदेशबाट आएकाको होम क्वारेन्टाइन पूरा

गाउँपालिकामा चैत महिनामा विदेशबाट आएका ३१ जना सबैले होम क्वारेन्टाइनको अवधि भुक्तान गरिसकेको बताइन्छ । “अन्तिम पटक चैत ८ गते आएका दुई जनासहित सबैको होमक्वारेन्टाइनको अवधि पूरा भएको छ । शङ्कास्पद तीन जनाको परीक्षण गर्दा नतिजा नेगेटिभ आयो, अन्यको स्वास्थ्य सामान्य छ”, अध्यक्ष गुरुङले भने ।
a
गाउँपालिकाले कोरोनबाट प्रभावित विपन्न र दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र श्रमिकलाई राहत वितरणको तयारी गरेको छ । नौवटै वडामा लगत सङ्कलन भइरहेको उपाध्यक्ष कृष्णकुमारी दवाडीले बताए । गाउँपालिकाले ५०० प्रभावित परिवारलाई राहत वितरणको तयारी गरेको छ ।

बुधबार, चैत्र २६, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया