मंगलबार, चैत्र २५, २०७६ || 614  पटक पढिएको

कोरोनाको संक्रमणले विश्वनै तहस नहस बनाईरहेको बेला कांग्रेस विराटनगर समीतीले नोवेल अस्पतालमा उपचार गर्न आएका दुईसय जनालाई आज खाना खुवाएको छ ।विराटनगरका कार्यवाहक अध्यक्ष अरुण न्यौपानेको नेतृत्वको टोलीले खाना खुवाएका हुन । सो टोलीमा सचिव प्रकाश दाहाल , कांग्रेसका विराटनगर २ का पुर्व सभापती ज्ञानेश्वर नेपाल लगायतको सहयोग गरेका थिए ।
न्यौपानेलाई नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय सदस्य बिष्णु भुर्तेल, नेता त्रिभुषण गिरी लगायतले सहयोग गरेका थिए । अस्पतालमा विभिन्न वाडमा उपचार गराईरहेका विमारी र उनका कुरुवा हरुलाई खाना खुवाईएको नेता त्रिभुषण गिरीले बताए । लक डाउनका कारण
प्रयाप्त मात्रामा खाना उपलब्ध नभईराखेको बेलामा काग्रेसले गरेको यो कदमका सर्वत्र प्रशंसा भईरहेको विराटनगर २ का युवा सुभाष कामतले बताए ।सो कार्यक्रममा दुइ सय बोतल पानि समेत वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!