मंगलबार, चैत्र २५, २०७६ || 873  पटक पढिएको

लकडाउनका कारण खाद्य सामग्री खरिदमा समस्या परेका आफ्ना सदस्य तथा स्थानीयवासीलाई लाभ पु¥याउन पाँचथरको फिक्चुखोला कृषि सहकारी संस्थाले सुपथ मूल्यको पसल सञ्चालनमा ल्याएको छ । उक्त सहकारीले जिल्लाको फाल्गुनन्द गाउँपालिका–१ नवमीडाँडामा सोमबारबाट सुपथ मूल्यको पसल सञ्चालनमा ल्याएको हो । उक्त पसलबाट दैनिक उपभोग्य सामग्री चामल, दाल, नुन र तेलसहित गाईलाई खुवाउने चोकर र ब्राण्ड सुपथ मूल्यमा उपलब्ध गराइनेछ । सहकारीले सवारी साधन भाडामा लिई झापाको बिर्तामोडबाट यी सामग्री खरिद गरी पसल सञ्चालनमा ल्याएको हो । उक्त सहकारीले फाल्गुनन्द गाउँपालिकामा व्यावसायिक पशुपालनमा सहयोग पु¥याउँदै आएको छ । फाल्गुनन्द–१ मा व्यावसायिक पशुपालन गर्ने ३२ कृषक परिवारले सहजरूपमा चोकर र ब्राण्ड उपलब्ध गराउने मुख्य उद्देश्यले उक्त पसल स्थापना गरिएको हो । “वडामा रहेका हाम्रा ९२ जना शेयर सदस्यसहित अन्य कृषकलाई खाद्यान्नको समेत अभाव हुने भएकाले खाद्यान्न समेत बिक्री गर्न थालिएको हो”, सहकारीका अध्यक्ष बहादुरसिंह नेम्वाङले भन्नुभयो । सहकारीले बिर्तामोडबाटै सामग्री खरिद गरी पसल निरन्तर सञ्चालन गर्ने भएको छ । सहकारीले आफ्ना कर्मचारीलाई पसलमा खटाएको छ । कोरोना भाइरसको माहामारी तथा लकडाउन अन्त्य भएपछि पनि सुपथ मूल्यको उक्त पसल निरन्तर सञ्चालन हुने अध्यक्ष नेम्वाङको भनाइ छ । “आगामी दिन सहकारीका शेयर सदस्यहरुले उत्पादन गर्ने नगदेबाली तथा फलफूलसमेत सहकारीले खरिद गरी बिक्री वितरण गर्ने लक्ष्यका साथ यो पसल सञ्चालनमा ल्याएका हौँ”, नेम्वाङले भन्नुभयो । उक्त पसलबाट अहिले फाल्गुनन्द गाउँपालिका वडा नं १ का स्थानीयवासीले मात्रै लाभ लिन सक्ने भए पनि आगामी दिनमा उक्त गाउँपालिकाका अन्य वडामा समेत विस्तार गरिने नेम्वाङले वताउनुभयो । उक्त सहकारी तथा मिलन केन्द्र नेपालले गुड नेवर्स इन्टरनेशनल नामक संस्थाको सहयोगमा यहाँ दुग्ध मूल्य शृङ्खला विकास कार्यक्रम सञ्चालन गरिरहेको छ । उक्त कार्यक्रमले यहाँका कृषकलाई व्यावसायिक गाई तथा बङ्गुरपालनका लागि घुम्ती कोष परिचालन, पशुपालनसम्बन्धी प्राविधिक ज्ञान, पशुपालनमा आधारित व्यावसायिक परियोजना सञ्चालन तथा गुणस्तरीय दुग्धजन्य सामग्री उत्पादनमा सघाउ पु¥याउँदै आएको छ । कृषकले घुम्ती कोषको किस्ता रकम तिर्न नसक्ने भएका कारण लकडाउनमा समेत कृषकबाट उत्पादित दूध खरिद गरी सहकारीले दुग्धजन्य सामग्री उत्पादन गर्दै आएको संस्थाका सचिव राजेन्द्र आङ्देम्बेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!