खबर ठुलो छ

काठमाडौँ र भक्तपुर जिल्लासँग जोडिएको कागेश्वरी मनोहरा नगरपालिकाले नगरभित्रका चार हजार ९०० परिवारलाई राहत वितरण गरेको छ ।

विश्वव्यापीरुपमा पैmलिएको कोरोना भाइरसका कारण सरकारले लकडाउन घोषणा गरेसँगै छाक टार्न समस्या भएका अतिविपन्न, असाहय र मजदूरवर्गका उपभोक्तालाई नगरपालिकाले राहत वितरण गरेको हो ।

नगरपालिकाले आइताबार साँझसम्मको तथ्याङ्कअनुसार नौवटै वडाका चार हजार ९०० परिवारलाई राहत वितरण गरिएको जनाएको छ । विपद् तथा प्रकोप व्यवस्थापन कोषबाट गरिएको राहत वितरणबाट नगरभित्रका छाक टार्न मुस्किल पर्ने विपन्न परिवार लाभान्वित भएको नगरपालिकाका प्रमुख कृष्णहरि थापाले बताउनुभयो ।

दैनिक ज्यालादारी गरेर छाक टार्ने र विपन्न परिवारलाई चामल, दाल, खाने तेल र साबुन खरिदका लागि विपन्न परिवार छनौट गरी प्रतिपरिवार एक हजारको दरले नजिकैको खाद्यान्न पसलबाट आवश्यक सामान खरिद गर्ने गरी कुपन बाँडिएको नगरप्रमुख थापाले बताउनुभयो ।

विपद् कोषमा नगरपालिकाको ५० लाख र अन्य अनुदान तथा सहयोग सङ्कलन स्वरुप ४० लाख गरी जम्मा रु ९० लाख सङ्कलन भैसकेको छ । अवस्था हेरेर राहत वितरण गर्दै जादाँ नपुगेको खण्डमा नगरपालिकाले थप रु ५० लाख कोषमा जम्मा गर्ने पनि प्रमुख थापाले जानकारी दिनुभयो ।

यसैबीच नगरपालिकाको वडा नं ६ स्थित अर्याल गाँउ नमूना टोल सुधार समितिका टोलबासी र सिन्धुपाल्चोक जिल्ला पत्रकार महासङ्घका अध्यक्ष महेश श्रेष्ठको सक्रियताबाट सङ्कलन भएको रु हजार २१५ वडा नं ६ का अध्यक्ष प्रकाश फुयाँललाई हस्तान्तरण गरेका छन् । कोरोना रोकथाम तथा विपन्न परिवारलाई राहत प्याकेज वितरणमा सहयोग पुगोस् भन्ने हेतुले आर्थिक सङ्कलन गरी हस्तान्तरण गरिएको स्थानीयवासी राजेन्द्र दुलालले बताउनुभयो ।

त्यस्तै वडा नं. ६ का वडा अध्यक्ष प्रकाश फुयाँलले उक्त सहयोगले ठूलो राहत मिलेको बताउनुभयो । विपद् कोषमा जम्मा भएको बजेट कम भएका कारण सबै विपन्न परिवारलाई समेट्न नसकेको खण्डमा टोलबासीले गरेको आर्थिक सहयोगबाट थप विपन्न परिवारलाई राहत बाँड्न सहयोग पुगेको उहाँले बताउनुभयो ।

हालसम्म नगरपालिकाले कोरोनाको रोकथाम तथा उपचारको लागि गागलफेदी तथा विभिन्न स्वास्थ्य चौकीमा गरी ६० क्वारेन्टाइन तथा ५ आइसोलेसन कक्ष तयार गरेको छ । साथै, नगरपालिकाले उपचारको लागि आवश्यक परेको खण्डमा तत्काल उद्दार गर्न चारवटा एम्बुलेन्स तयारी अवस्थामा राखेको छ ।

नगरप्रमुख थापाका अनुसार, “नगरभित्र विदेशबाट आएका जम्मा ५६ जना रहेको र उनीहरुमा कोरोनासंग मिल्ने कुनैपनि लक्षण हालसम्म फेला परको छैन । कोही कसैमा यस्तो लक्षण देखेमा तत्काल खबर गर्न प्रत्येक वडालाई जानकारी गराएका छौं ।”
–––

Powered By Orson Infotech

सोमबार, चैत्र २४, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

एमाले फुट्नु सहि कि गलत ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया