सोमबार, चैत्र २४, २०७६ || 919  पटक पढिएको

कोरोना महामारी नियन्त्रणका लागि मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा रहेको उच्चस्तरीय समितिले विज्ञ समूहको प्रतिवेदन शतप्रतिशत कार्यान्वयन गर्ने निर्णय गरेको छ । विज्ञ समूहले कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि विभिन्न सुझावसहितको प्रतिवेदन बुझाएलगत्तै बसेको उच्चस्तरीय समितिको बैठकले विज्ञ समूहको प्रतिवेदन शतप्रतिशत कार्यान्वयन गर्ने निर्णय गरेको मुख्यमन्त्री राउतले बताउनुभयो । विज्ञ समूहले महामारी नियन्त्रणका लागि चिकित्सकीय सामग्रीको प्रयोग, चिकित्सकको व्यक्तिगत सुरक्षा तथा प्रोत्साहन भत्ता, क्वारेन्टाइन, आइसोलेसनको मापदण्ड, कोरोना विशेष अस्पतालको निर्माण, आपूर्ति व्यवस्थामा समन्वयसहितलाई समेटेर सुझाव बुझाएका थिए । यसका साथै समितिको बैठकमा मुख्यमन्त्री राउतले प्रदेश सरकारले महामारी नियन्त्रण सम्बन्धमा यसअघि गरेको निर्णय कार्यान्वयनको अवस्थाबारे सम्बन्धित अधिकारीसँग जवाफसमेत माग्नुभएको थियो । प्रदेश सरकारले यसअघि प्रदेशभरिमा ५० वटा भेन्टिलेटर, दुई वटा पिसिआर, आठ वटा एम्बुलेन्स र शवबाहन खरिद गर्ने निर्णय गरेको थियो । उच्चस्तरीय बैठकमा मुख्यमन्त्री राउतसहित आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादव, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादव, प्रमुख सचिवलगायत विभिन्न मन्त्रालयका सचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुखसहितको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!