हिपमत डटकम
बिराटनगर ,मंसिर २६ गते ।

विराटनगर–९ स्थित ई–प्लटमा बर्षौदेखि सञ्चालनमा रहेको गुद्री बजारलाई ३५ दिनभित्र खाली गर्न र सिंघिया पारी निमार्ण भएको कृषि बजारमा व्यापारीहरुलाई सर्न महानगरले निकालेको सुचनाप्रति स्थानीय व्यापारीहरुले विरोध जनाएका छन ।

आज विराटनगरको बि–प्लटबाट महानगरको विरुद्धमा र्याली निकाल्दै व्यापारीहरुले विरोध जनाएका हुन । विराटनगर ९ स्थित साबिकको पुरानो डोम टोलीमा अवस्थित जमिन तथा भवनका सटरहरु विगतका बर्षौ बर्षदेखि फलफुल, तरकारी, माछामासु अन्य व्यापारिक प्रयोजनका लागी व्यापारी व्यावसायीहरुलाई बहालमा लगाईएको थियो । तर विराटनगर महानगरपालिका, नगर कार्यपालिकाको कार्यालयले उक्त स्थानमा व्यावसायिक भवन निमार्ण गर्ने निणर्य गरेपछि मुलकी देवानी संहिता २०७६ को दफा ४०१ को उपदफा २ बमोजिम २०७६ मंसिर ५ गते ३५ दिनको समयसीमा भित्र उक्त जग्गा तथा भवनका सटरहरु खाली गर्न गराउन सुचना प्रकाशित गरेको थियो । सुचना अनुसार व्यापारीहरुलाई बहालमा लगाईएको ती सबै जमिन तथा भवनका सटरहरु खाली गरेर विराटनगर महानगरपालिकासँग जोडिएको कटहरी गाउँपालिका १ मा निर्मित अत्याधुनिक सुविधासम्पन्न एकीकृत तरकारी तथा फलफूल थोक बजारमा स्थानान्तरण हुनुपर्ने स्थिति सिर्जना भएपछि व्यापारीहरु उक्त एकीकृत तरकारी तथा फलफूल थोक बजार विराटनगर महानगरपालिकाको क्षेत्र र नगरबासीहरुको पहुँचभन्दा धेरै बाहिर भएकाले त्यहाँ जान रुचाएका छैनन् । यसबारे महानगरपालिकासँग पटकपटक गुनासो पोखेपनि कुनै सुनुवाई नभएपछि यस विरुद्ध व्यापारीहरुले संघर्ष समिति गठन गरी निर्णय सच्याउन महानगरलाई ज्ञापनपत्र समेत बुझाईसकेका छन । तर ज्ञापनपत्रले व्यापारी र उपभोक्ताको समस्याप्रति महानगरपालिकाको खासै ध्यान आकृष्ट हुन नसकेपछि उनीहरु विरोध प्रर्दशनीमा उत्रिएका हुन ।

सिंघिया खोलापारि कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको तत्कालीन व्यावसायिक कृषि तथा व्यापार आयोजनाले स्थानीय जनप्रिय मा.वि कटहरीको ४ विघा २ कठ्ठा २ धुर र १८ कठ्ठा ऐलानी जग्गामा १३ करोड ७६ लाख ५४ हजार ७ सय १० रुपैयाँ लागतमा उक्त कृषि बजार निर्माण भएको थियो । तर उक्त बजार बाढीग्रस्त क्षेत्रमा निमार्ण गरिएको र त्यहाँ आवतजावत गर्नका लागी बाटोघाटोको अवस्था पनि राम्रो नरहेकोे भन्दै स्थानीय गुद्री बजारका व्यापारीहरु विरोधका उत्रिएका हुन । विराटनगरको गुद्री बजार महानगरको क्षेत्रभित्रै निमार्ण हुुनुपर्ने माग सहित विरोधमा उत्रिएका व्यापारीहरु भने महानगरपालिकाभित्रै बजार व्यवस्थापन गर्न आवश्यक थप लगानी गर्न जुटाउन पनि तयार रहेको गुद्री बजार व्यवस्थापन समितिका सचिव साहब अहमद गुड्डुले बताउनुभयो ।

यता विराटनगरको मुटुमा अवस्थित तरकारी बजारमा दिनहुँ सागसब्जी खरिद गर्नेहरुको भीड हुन्छ । उक्त गुद्री बजारमा विराटनगरका १९ वटै वडाहरुबाट व्यापारी, उपभोक्ता तथा ग्राहकहरु सहजै तरकारी खरिदबिक्री गर्न आउने गरेका छन । तर ५० रुपैयाको तरकारी किन्न जाँदा १०० रुपैँया सिटी भाडा तिर्नुपर्ने अवस्था सिर्जना हुनसक्ने भन्दै उपभोक्ता पनि असन्तुष्टी व्यक्त गरेका छन । उनीहरुले यहीँ गुद्रीमै सागसब्जी र तरकारी किन्न सजिलो हुने गरेको बताउँछन । उपभोक्ताहरुले यसको समाधानका लागी महानगरपालिकाले विकल्पको रुपमा विराटनगरकै छेउछाउमा अर्को बजार व्यवस्थापन गर्नुपर्ने यसरी नागरिकहरुको सुविद्या खोस्नु शोभनीय नहुने धारणा व्यक्त गरेका छन ।

सिंघिया खोला पारी तीन तले प्रशासनिक भवनमा प्रशासन, म्यानेजर आवास, सुरक्षा गार्ड आवास, ६ बेडको कृषक अतिथि गृह, सार्वजनिक शौचालय, स्वास्थ्य क्लिनिक, चमेना गृह र बैंक शाखासहित निमार्ण भएको एकीकृत कृषि बजार प्रधानमन्त्री केपी शर्मा ओलीद्धारो उद्धाटन त भईसकेको छ । तर भौतिक संरचना निमार्ण भएको १ बर्ष बितिसक्दा पनि सञ्चालनमा भने हालसम्म आउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!