हिपमत डटकम

सोमबार, मंसिर ०२, २०८२ || 863  पटक पढिएको

काठमाडौँ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको कार्यकक्षमा असन्तुष्ट पत्रकारहरूले ताला लगाएका छन्। सोमबार सञ्चारग्रामस्थित महासंघको केन्द्रीय कार्यालयमा पुगेका केही पत्रकारहरूले असन्तुष्टि प्रकट गर्दै कार्यकक्षमा तालाबन्दी गरेका हुन्।

महासंघ विधानअनुसार सञ्चालन गर्न असफल भएको, साथै केन्द्रीय समिति बैठक आव्हान गराएर देशभरबाट सदस्यहरू काठमाडौँ ल्याइए पनि सल्लाहकार नियुक्ति विवाद उठाएर बैठक नबसाएको भन्दै तालाबन्दी गरिएको केन्द्रीय सदस्य लबदेव ढुंगानाले बताए।

ढुंगानाका अनुसार, तालाबन्दीबारे प्रतिक्रिया लिन अध्यक्ष शर्मालाई धेरैपटक फोन सम्पर्क गर्दा पनि उनले फोन नउठाएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!