
काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीको क्रममा सोमबार दिउँसो २ बजेसम्म ६ वटा राजनीतिक दलले दल दर्ता गरेका छन्।

निर्वाचन आयोगका अनुसार दल दर्ता गर्ने दलहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), देश विकास पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, देशभक्त समाज, नेपाल लोकतान्त्रिक पार्टी र नेपाल मजदुर किसान पार्टी रहेका छन्।
रास्वपा नेता गणेश पराजुलीसहितका नेता–कार्यकर्ता आयोगमा पुगेका थिए। सोही अवधिमा राष्ट्रियसभा निर्वाचनका लागि नेपाल मजदुर किसान पार्टीले मात्र दर्ता गरेको छ।
