
काठमाडौं। स्थानीय बजारमा कुखुरा मासुको मूल्य बढेको छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार आजदेखि लागू हुने गरी जिउँदो कुखुरा प्रतिकिलो १०–१५ रुपैयाँले महँगो भएको छ।

अध्यक्ष जंगबहादुर बीसीका अनुसार, जिउँदो कुखुराको मूल्य २ सय २० बाट २ सय ३० रुपैयाँ पुगेको छ। उपभोक्ताले प्रतिकिलो २ सय ५० रुपैयाँमा खरिद गर्न सक्नेछन्।
त्यसैगरी तयारी कुखुरा मासुको मूल्य पनि प्रतिकिलो १५ रुपैयाँले बढेर ३ सय २५ रुपैयाँ पुगेको छ। अध्यक्ष बीसीले भने, “जाडो बढ्दा कुखुरा उत्पादन घट्छ, जसले बजारमा अभाव र मूल्यवृद्धि गराउँछ।”