
काठमाडौँ । आइतबार सुनको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ६ हजार ९०० रुपैयाँले घटेर शुक्रबारको २ लाख ४९ हजार ७०० रुपैयाँबाट आइतबार २ लाख ४२ हजार ८०० रुपैयाँमा आएको छ।

यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार तोलामा ३ हजार २८५ रुपैयाँ रहेको चाँदी आइतबार १५० रुपैयाँले घटेर ३ हजार १३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।