हिपमत डटकम

आइतबार, कार्तिक २४, २०८२ || 562  पटक पढिएको

विराटनगर।  विराटनगरस्थित चेतना संरक्षण प्रतिष्ठानको अध्यक्षमा साहित्यकार गंगा सुवेदी पुनः निर्वाचित भएकी छन् । शनिबार विराटनगरमा सम्पन्न २१ औं साधारणसभाबाट सुवेदी तीन वर्षका लागि निर्विरोध निर्वाचित भएकी हुन् । सुवेदीको नेतृत्वमा नयाँ कार्यसमितिसमेत चयन गरिएको छ । प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा रेवतबहादुर कार्की, उपाध्यक्षमा सरला चापागाईं, सचिवमा दिनेशराज सुवेदी ‘दिङ्लाली कान्छो’, सहसचिवमा लक्ष्मी पोखरेल र कोषाध्यक्षमा बाबुराम श्रेष्ठ ‘वर्षा’ छानिएका छन् ।

कवि मीनकुमार नवोदित, हरिप्रसाद बराल, करुणा जोशी, निर्मला कोइराला र नानुमैयाँ दाहाललाई प्रतिष्ठानको सदस्यमा चयन गरिएको छ ।स्वेच्छिक समाजसेवी तथा प्रतिष्ठानका संरक्षक देवकिशन मुन्दडाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ‘गंगा सुवेदी असल सन्तान पुरस्कार–२०८२’ बाट विराटनगर–३ का विनोद सिग्देल र रुपा सिग्देल परिवारलाई पुरस्कृत गरिएको छ । ११ हजार नगद राशिसहित सम्मानपत्रले उनीहरुलाई सम्मानित गरिएको थियो । प्रतिष्ठानले बुवाआमा र सासु–ससुरालाई राम्रो हेरचाह गर्ने र असल संस्कार अवलम्बन गर्ने छोरा–बुहारी र छोरी–ज्वाइँलाई सम्मान गर्दै आएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मुन्दडाले चेतना संरक्षणले भाषा, साहित्य, कला, संस्कृतिको विकासमा महत्वपूर्ण कार्य गरेको बताए । प्रतिष्ठानकी अध्यक्ष सुवेदीले विगतमा जस्तै सबैको साथ र सहयोगले संस्थालाई अझै व्यवस्थित र सशक्त बनाएर अगाडि बढाउने प्रतिबद्धता जनाइन् ।

सो अवसरमा प्रतिष्ठानका संरक्षक दिनेश सुवेदी, गणेश पोखरेल, अग्रज साहित्यकार प्राध्यापक कविराज न्यौपानेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।साधारणसभाले आर्थिक तथा सांगठानिक प्रतिवेदनसमेत पारित गरेको सचिव दिङ्लाली कान्छोले जनकारी दिए । प्रतिष्ठानले हरेक महिनाको पहिलो शुक्रबार मासिक कार्यक्रम, चेतना सन्देश त्रैमासिक पत्रिकासमेत प्रकाशित गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!