हिपमत डटकम

आइतबार, कार्तिक ०३, २०८२ || 1005  पटक पढिएको

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ताच्युत भएको लामो समयपछि पहिलोपटक पत्रकारहरूसँग अन्तरक्रिया गर्न लागेका छन्। ओली आज आइतबार दिउँसो १ बजे काठमाडौँको कोटेश्वरस्थित होटल ए वान भेन्यूमा सम्पादकहरूसँग छलफलमा सहभागी हुँदैछन्।

कार्यक्रमको आयोजना प्रेस चौतारी नेपालले गरेको हो। चौतारीका अध्यक्ष गणेश पाण्डेले “सम्पादकहरूसँग संवाद” कार्यक्रम अध्यक्ष ओलीको उपस्थितिमा सम्पन्न हुन लागेको जानकारी दिएका छन्।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सत्ता गुमाएका ओली त्यसयता निरन्तर सरकारको आलोचनामा उत्रिरहेका छन्। तर, यो संवाद कार्यक्रम ओलीले पत्रकारहरूसँग गर्ने पहिलो प्रत्यक्ष अन्तरक्रिया हो।

यसअघि सोही मितिमा प्रेस सेन्टर नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा यस्तै कार्यक्रम आयोजना गरेको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!