काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले ठूला नेताहरूविरुद्ध कानुनी छानबिन प्रक्रिया सुरु भइसकेको बताएका छन्। उनले तत्कालीन ऊर्जामन्त्री पहिले नै भागिसकेको उल्लेख गर्दै अन्य नेताहरू पनि भाग्न प्रयासरत रहेको दाबी गरेका छन्।
गृहमन्त्री अर्यालले भने, “ठूला नेतामाथि छानबिन सुरु भइसक्यो, तत्कालीन ऊर्जामन्त्री भागिसके, अरू भाग्न खोज्दै छन्।”
उनको यो टिप्पणी हालै विभिन्न मन्त्रालय र नेताहरूमाथि भइरहेका भ्रष्टाचार अनुसन्धानसँग जोडिएको देखिन्छ।