हिपमत डटकम

शनिबार, आश्विन २५, २०८२ || 5530  पटक पढिएको

विराटनगर– मोरङ जिल्ला कारागारमा थुनामा रहेका ५० वर्षीय काजीमान सार्कीको शनिबार दिउँसो मृत्यु भएको छ। उनी उर्लाबारी नगरपालिका–६का बासिन्दा हुन् र लागुऔषध सम्बन्धी मुद्दामा थुनामा थिए। जिल्ला अदालत मोरङको आदेशअनुसार २०८१ पुस २९ गते सार्कीलाई पुर्पक्षका लागि कारागारमा चलान गरिएको थियो।

जेलर गौरव ढुंगेलका अनुसार, न्यून रक्तचाप र बान्ता समस्या देखिएपछि उनलाई शनिबार दिउँसो १:२५ बजे कोशी अस्पतालमा भर्ना गरिएको थियो। तर अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा १:४० बजे चिकित्सकले उनको मृत्यु घोषणा गरे।

पोस्टमार्टमका लागि कारागार प्रशासनले पहल गरे पनि आफन्तले अस्वीकार गरेपछि शव परिवारको जिम्मा लगाइएको छ। हाल मोरङ जिल्ला कारागारमा करिब १,२०० कैदीबन्दी छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!